
गाैशाला, बैशाख ९ गते ।
महाेत्तरीमा समुन्नति कार्यक्रम अन्तर्गत सुक्ष्म उधम/व्यवसाय सुरुवात तथा सुधार सम्बन्धि ७ दिने तालिम सम्पन्न भएको छ । बर्दिवास नगरपालिका – ३ स्थित गुञ्जा हाेटलकाे सभाहलमा समुन्नति कार्यक्रम अन्तर्गत सुक्ष्म उधम/व्यवसाय सुरुवात तथा सुधार सम्बन्धि ७ दिने तालिम सम्पन्न भएको हाे ।
सेभ द चिल्ड्रेनकाे आर्थिक सहयोग र सामुदायिक विकास तथा पैरवी मञ्च द्वारा संचालित समुन्नति कार्यक्रम अन्तर्गत बाल संवेदनशील जिविकाे पार्जन कार्यक्रम अन्तर्गत सुक्ष्म उधम/व्यवसाय सुरुवात तथा सुधार सम्बन्धि ७ दिने तालिम दिएको फिल्ड अधिकृत बाल गरिबी ईरफान शेषले जनाए ।
तालिममा गाैशाला नगरपालिकाबाट ७ जना र बर्दिवास नगरपालिकाबाट ८ जना गरि जम्मा १५ जना सहभागी रहेको थियोे । ५० हजारकाे दरले १० जनालाई व्यापार व्यवसाय गर्न रकम समेत सहयोग गर्ने प्राेजेक्ट काेडिनेटर जितेन्द्र शाहले जनाउनु भयो ।
व्यवसायको अवधारणा र यसको महत्व, व्यवसायका प्रकारहरू, लगानीको अधार तथा प्रकृतिको अधार, व्यवसायिक अवसरको पहिचान, व्यवसाय र परिवार बिचको सम्बन्ध, आधारभूत व्यवसाय चक्र – खेल मोडेल, मस्थितक मन्थन खेल तथा व्यवसायको छनौट प्रक्रिया, उद्योग वाणिज्य दर्ता प्रकृयाहरु बारे लगायतको विषयहरुमा प्रशिक्षण दिएको प्रशिक्षक शिवशंकर महताे र लिला भुजेलले जानकारी दिए ।
समापन कार्यक्रम सामुदायिक विकास तथा पैरवी मञ्चकाे उपाध्यक्ष साेम बहादुर कार्की, प्रमुख अतिथिकाे रुपमा गाैशाला नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामपृत महताे, प्राेजेक्ट काेडिनेटर जितेन्द्र शाह लगायतकाे उपस्थिति रहेको थियो ।




