गाैशाला, बैशाख ९ गते ।
नेकपा माओवादी परित्याग गरेका संविधान सभा सद्स्य राम कुमार शर्मा जसपा प्रवेश गरेका छन । महाेत्तरीकाे जलेश्वरमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा शर्मालाई जसपा अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका छन ।
शर्मा संगै नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र जनमत पार्टीका सयौ नेता कार्यकर्ता जसपा प्रवेश गरेका । नव प्रवेशीहरुलाई राष्ट्रिय अध्यक्ष यादवले गम्छा ओढाई पार्टीमा स्वागत गरेका हुन् ।
नव प्रवेशी हरुमा माओवादीका केन्द्रिय सदस्य एवं पुर्व प्रतिनिधि सभा सद्स्य ईन्दु शर्मा, नेपाली काँग्रेस महासमिति सदस्य सुरेन्द्र चौधरी, एमाले नेत्री महोत्तरी गापा उपाध्यक्ष प्रत्याशी प्रमीला चौधरी, लोसपाका नेता एवं तत्कालिन राजपा युवाका केन्द्रिय अध्यक्ष रोशन सिंह राणा, तत्कालीन फोरमका युसुफ साफी, पुष्पज राज चमन, जनमतका नेता डा. सरोज ठाकुर सहितका रहेका छन ।





