https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद शाह
बिरगंज, बैशाख ९ गते । 
समाजिक अभियन्ता, युवा नेता सनि गुप्ता संग सिम्रौनगढको विषय बारे कुरा गर्दा । सिम्रौनगढ बारे यस्तो कुरा राख्नु भएको छ । सिम्रौनगढ को भाषा भोजपुरी होइन तिर्हुत्या भाषा हो भन्ने मेरो ठम्याइ छ । सिम्रौनगढ मा मानव बस्ती ११ शताब्दी भन्दा पहिला देखिको छ । यसरी भन्नू पर्यो भने गुप्तकाल भन्दा पहिला देखिनै सिम्रौनगढमा मानवा बस्ती थियो । राजा नान्यदेव  सिम्रौनगढ मा आउँदा उचाई मा रहेको सिम्रौनगढ जङ्गल ले भरिएको र जङ्गल भित्र मानव बस्ती थियो । मेरो जन्म  सिम्रौनगढमा भएको हो मेरो लागि गर्भको कुरा छ र म आफ्नो बंशको ६ ठउ बंशज छु र याहा सम्म को म संग रेकर्ड छ । त्यो काल खण्ड को धेरै बिक्सित र समृद्ध मध्यको सिम्रौनगढको एक थियो ।  अरु राज्य भन्दा सिम्रौनगढको बिशेषता अलि फरक थियो ।सबै राज्यको खान पिन , भेष भुषा , भाषा र आफ्नै मौलिकता हुन्छ ।  सिम्रौनगढको श्रूगार र आभुषनको काल्ला कृति अहिले पनि मूर्तिकलामा देख्न सकिन्छ । खान पिन को आक्ल्न लगाउन्न लाई त्याहा को तरकारीखेती र अन्न बालि खेती देखेर अनुमान लगाउन सकिन्छ । कौसल , बिरता र युद्ध नीतिशास्त्र यति सबल्ल सक्षम थियो कि त्यो काल खण्डमा सिम्रौनगढले काठमाडौं (नेपाल ) लाई कयौं पटक हराएको इतिहास छँदैछन् । सिम्रौनगढ त्यो बखतको हिन्दू राज्य थियो र कुल्देबी तलेजु भवानी थियो । अहिले देशकै कुलदेबि हुनुहुन्छ । सिम्रौनगढ राज्य बित्र मिथिला र तिर्हुत थियो ।

केही बर्ष अगाडी सम्म म आफै भन थे म भोजपुरी बोलछु तर हैन । हामी ले  आधार मान्नु पर्छ र प्रमान लाई अन्देखा गर्नु हुदैन ।  धेरैले सोच छ र भन छ सिम्रौनगढ को भाषा भोजपुरी हो तर त्यसको पोख्ता प्रमान हुनुपर्दैन ।

कुनै पनि ठाँउ एतिहासिक एवं पुरातत्बिक हो होइन भन्ने कुरा थाहा पाउन त्यहा बाट  पाएको बस्तु लाई परिक्षण गर्दा थाहा हुन्छ । इतिहास कहिले झुठो बोल्दैन । यदि म गलत होइन भने भने १/२ चोटि सिम्रौनगढ को उत्खन्न भएको छ र त्यस बाट पाएको बस्तुहरु केही काठमाडौं लगियो केही त्यही पुरियो । तर प्राय त्याहा पाइएको भगन्वाशेष ,मुर्ती र बस्तुहरु ब्यवसायिक तरिकाले पोखरी खन्दा पाइएको छ । पोखरी खन्ने क्रममा  अन्य मुर्ती र २ टुक्रा सिलालेख पाएको छ । त्यस सिलालेखमा तिर्हुत लिपिमा लेखिएको छ र यो सत्य लाई कसैले पनि नकारन सक्दैन । भन्नुको अर्थ त्यो बेला सिम्रौनगढमा तिर्हुत लिपि प्रयोग हुन्थ्यो र भाषा तिर्हुतिया प्रयोग हुन्थ्यो । यदि सिलालेख लाई अधार मान्नु भयो भने यो कुरा पानी जस्तै साफ छ ।

सिम्रौनगढ राज्य झणडा के थियो ? सिम्रौनगढ को मुद्रा कस्तो थियो ? धेरै प्रश्न को जवान अहिले अनुसन्धान र खोजनै बाकी छ । भाषा को विषय मा भने अब्ब सिम्रौनगढ बासी प्रषट हुनैपर्छ ।
सिम्रौनगढ मा चल्दै आएको भाषा भने यस्तो छ । ( हम जाइत बारी , माई भात निन्हलेह , इया कथी खबही आजु , दिदिगे हमरा के एगो बाला देन गुरकावना बनावेला , बाबू खेत जोतैत हव , रे बौउ वो हम खेत जोतैइत बारी र कन्काली माई बाडा दुलार करलैइ आदि)

सिम्रौनगढ को भाषा यदि भोजपुरी हो भने सिम्रौनगढ को लिपि तिर्हुत कसरी ?  सिम्रौनगढमा तिर्हुत लिपि प्रयोग हुन्थ्यो भने भाषा भोजपुरी कसरी ? अहिले बिज्ञान र प्रबिधिको युग हो । हाम्रो पुस्ताले प्रमान मा बिशवश गर्छ । तुक मा होइन । सिम्रौनगढ बाट आज सम्म भोजपुरीको कुनै पनि प्रमाण पाइएको छैन तर तिर्हुत लिपी पाइएको छ र प्रमान छ ।  त्यसैले हामी र हाम्रो पुस्ताले तिर्हुत लाई मान्नु पर्छ ।

१० कोष मा पानी र १० कोष मा बानी बद्लिन्छ भन्ने उखान र टुक्का लाई आधार मान्नु भैइरएको छ भने हाम्रा आदरणीय ब्याक्तित्वहरु संग सोध्न चाह्न्छु। तपाई हरु प्रमान मन्ने कि न मान्ने ? यदि हामी ले बोलने भाषा भोजपुरी हो भने के भोजपुरी ले लिपि तिर्हुत लाई स्वुकार छ । सिम्रौनगढ को भाषा भोजपुरी होइन । सिम्रौनगढ को भाषा तिर्हुतिया हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार