https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम : त्रिनेत्र न्यूज नेटवर्कद्धारा सँचालित ई–न्यूज ब्यूरोडटकमका कार्यकारी सम्पादक पत्रकार विनय कुमार यादवको निधन भएको छ ।

गएराती करिब १ बजेको समयमा जनकपुर–ढल्केवर सडकखण्डमा उनले आफैँ चलाएको मोटरसाईकल दुर्घटनामा परी निधन भएको हो । ढल्केवरबाट धारापानीतर्फ जाँदै गरेको अवस्थामा उनको दुर्घटना भएको बताईएको छ ।

मोटरसाईकलको पछाडी सवार एक जनाको अवस्था गम्भिर रहेको छ । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको छ ।

गत बर्ष मात्र विवाह गरेका पत्रकार यादव गत बैशाख ४ गते मात्र जन्मदिन मनाएका थिए । गएराती ढल्केवरबाट साथीसँगलाई भेटेर घरतर्फ फर्किदैँ गर्दा मोटरसाईकल अनियन्त्रित भएर पोलमा ठोक्किन जाँदा मृत्यू भएको हो । दुई भाई रहेका यादवको जेठाजु केही महिना अगाडी मात्र विदेशिएका हुन् ।

कार्यकारी सम्पादक विनय यादवको असमायिक निधनप्रति न्यूज ब्यूरो परिवार हार्दिक श्रद्धाञ्जली तथा परिवारप्रति संवेदना प्रकट गर्दै एक दिन शोकमा पेनडाउन गर्ने भएको छ ।

उनको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पतालमा राखिएको छ । उनको परिवारमा बज्रपात भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार