
काठमाडौं, बैशाख ११ गते ।
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी र नेपालका राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।
राजकीय भ्रमणमा रहेका थानी र राष्ट्रपति पौडेलबीच दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राजा थानीलाई स्वागत गर्न राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित मन्त्रीहरू र विशिष्ठ व्यक्ति विमानस्थल पुगेका थिए ।








