https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

मुकेश झा 
सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका–५, धोबियाही टोलमा आज दिउँसो आगलागी हुँदा ५ घर र २ गोठ जलेका छन् ।

आगलागीबाट सोही ठाउँका गिरधारी यादव, शिवधारी यादव, सेतन बैठा, सुरेश बैठा र कविता बैठाको घर पूर्णरुपमा जलेर नष्ट भएको हो । त्यस्तै कपिलेश्वर यादव र किशोरी बैठाको गोठ जलेर नष्ट भएको छ ।

आगो निभाउने क्रममा कपिलेश्वर यादवका छोरा १७ वर्षीय रवि यादव जलेर सामान्य घाइते भएका छन् । उनको गालाको केही भाग जलेर घाउ भएको छ ।

आज दिउँसो ३ बजेपछि सुरु भएको आगलागी करिब १ घण्टापछि नियन्त्रणमा आएको छ । सर्लाही प्रहरीले आगलागीको विवरण संकलन भइरहेको जनायो ।

आगलागी हुनासाथ स्थानीयवासी र प्रहरी नियन्त्रणमा खटिएका थिए । साथमा हरिवन नगरपालिका सहित महोत्तरीको रामगोपालपुर र सम्सीबाट आएको दमकलको सहायतामा आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) हरिहरनाथ योगीले बताए ।

एसपी योगीका अनुसार आगलागीको कारण खुलेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार