https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, बैशाख १६ गते ।
महाेत्तरीकाे गाैशाला नगरपालिका – २ स्थित कठुधारमा आगलागी भएको छ । आईतवार गाैशाला नगरपालिका – २ स्थित कठुधार टाेलमा आगलागी हुदाँ एक घर पुर्ण रुपमा जलेर नष्ट भएको हाे ।

आईतबार दिउँसो पाैने २ बजे कठुधार पश्चिम टोल बस्ने सदाम धुनियाको एक तल्ले कच्ची घर माथी टालोको छानो भएको घरमा दाउराले बाल्ने चुल्हामा रहेको आगो बाट आगलागी भएको ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरिक्षक मनोज कुमार यादवले बताउनुभयाे ।

आगलागीबाट सदाम धुनियाको एक तल्ले कच्ची घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । जसमा घर, अन्नपात, भाडाकुडा, लत्ताकपडा, महत्त्वपूर्ण कागजात, गरगहना लगायत नगद ५० हजार सहित जम्मा करिब ९ लाख बराबरको क्षति भएको प्रहरी निरिक्षक यादवले जनाए । त्यसैगरी निजको भाई मन्सुर नदाफको एक तल्ले कच्ची घर माथी टालोको छानो भएको घर मात्र आंशिक रुपमा जलेको छ अन्दाजी २० हजार बराबरको क्षति भएका छन् । अर्का क्यूम नदाफको १० (दश) कठाको परालको टालो अन्दाजी ५० हजार मुल्य बराबरको पराल जलेर पूर्ण रुपमा नष्ट भएकाे निरिक्षक यादवले जनाए ।

आगाे निभाउन ई.प्र.का. गौशलाबाट प्र.नि.मनोज कुमार यादवको कमाण्डमा २१ जनाको टोली, स.प्र.बल रामनगरबाट प्र.नि. अमृत केसीको कमाण्डमा १५ जनाको टोली, बर्दिवास न.पा. को बारुण यन्त्र, रामगोपालपुर न.पा.को बारुण यन्त्र र सम्सी गा.पा. को बारुण यन्त्र लगायत स्थानिय मानिसहरुको सहयोगमा करिब दिउँसो २:४० बजेको समयमा उक्त आगाे नियन्त्रण भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार