https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख १६ गते । 
महोत्तरीको रातु नदीअन्तर्गत बर्दिबासको किसाननगर खण्डमा समाचार संकलनको क्रममा एबीसी टेलिभिजन महोत्तरीका संवाददाता विशाल बस्नेतमाथि भएको दुव्र्यवहार तथा आक्रमणजन्य घटनाबारे गम्भीर ध्याकर्षण भएको छ ।

यहीँ बैशाख १३ गते करिब ४ बजे समयमा किसानगर स्थित रातु नदीको तट्बन्ध वरिपरी भइरहेको अवैध उत्खननको रिपोर्टिङ गर्न गएका पत्रकार बस्नेतमाथि आफूलाई मनकामना क्रसर उद्योगको सञ्चालक बताउने प्रकाश खड्काले आक्रमणको प्रयास गर्दै समाचार संकलनमा अवरोध गर्नुको साथै सञ्चारसामग्री खोस्ने प्रयास गरेका थिए ।

जिल्ला समन्वय समिति महोत्तरीका अध्यक्ष सुमनलाल कर्णसहित रिपोर्टिङमा खोलाको किनारमा पुगेका पत्रकार बस्नेतमाथि भएको आक्रमणको प्रयास तथा दुव्र्यवहारजन्य घटनाले रातु नदी सभ्यता संरक्षणमा सक्रिया अभियन्ताहरू माथि सुरक्षा संवेदनशीलताको गम्भीर प्रश्नचिह्न खडा भएको छ । अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता विरोधी यस्ता गतिविधिको नेपाल पत्रकार महासंघ घोर निन्दा तथा कडा विरोध गर्दछ ।

गुन्डाहरूले आफ्नो साम्राज्य चलाउँदै करिब १२ हजार वर्ष पुरानो रातु नदी सभ्यताको दोहन गर्दै नागरिकहरूलाई अन्न र जलबाट वञ्चित गरिरहेको छ । लामो समयदेखि नागरिक स्तरबाट क्रसर माफियामाथि कारबाहीको माग उठ्दै आएको छ । सार्वजनिक सम्पत्ति रातु खोलाको गैरकानुनी रूपामा २५ वर्षदेखि जारी दोहन र अतिक्रमण रोक्न नागरिकको पक्षमा आवाज उठाउनु पत्रकारको पेसागत धर्म हो ।

दायित्व निर्वाहको क्रममा अराजक व्यवहार देखाउने खड्कालाई तुरुन्त नियन्त्रणमा लिएर कडा कारवाही गर्न प्रहरी प्रशासनसँग माग गर्दछौं । साथै पत्रकार तथा सञ्चारकर्मीहरूलाई काम गर्ने सुरक्षित वातावरण बनाउन स्थानीय प्रहरी प्रशासनको गम्भीर ध्यानार्षण गराउँछाै ।

प्रतिक्रिया

सम्बन्धित समाचार