https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख १६ गते । 
महोत्तरी जिल्ला भरिका पालिकामा हात्तीपाईले रोग विरुद्धको औषधी सेवन अभियान सुरु भएको छ।जिल्लाकै औरही नगरपालिका २ चेपकट स्थित रहेको जान्हवी आधारभुत बिधालयमा आज एक कार्यक्रमको आयोजना गरि हात्तीपाईले रोग विरुद्ध औषधी सेवन अभियानको सुरुवात गरिएको छ। नगरपालिकामा नगर प्रमुख प्रदीप कुमार खड्का,वडा अध्यक्ष र स्वास्थकर्मीहरु  लगायतले औषधी सेवन गरेर अभियानको सुरवात गरेका हुन् ।

औरही नगरपालिकाको ९ वटै वडामा आजदेखी औषधी सेवन अभियान सुरु भएको स्वास्थ्य शाखाका संयोजक चन्द्र भुसन ठाकुरले जानकारी दिए ।तालिम प्राप्त स्वास्थ्यकर्मीले नगरभित्रका वडा कार्यालय,स्वास्थ्य संस्था,सामुदायिक भवन, विद्यालय, धार्मिक स्थल आदिमा बुथ राखी यो औषधी खुवाईनेछ ।

१६ बैशाख देखि दुई हप्ता सम्म पालिका भरी हात्तीपाइले रोग विरुद्ध औषधी सेवन अभियान संचालन हुने छ । २ वर्ष मुनिका बालबालिका,गर्भवती महिला, सिकिस्त बिरामी तथा २४ घण्टा अगाडी ज्वरो आएका व्यक्तिले मात्र औषधि खान नमिल्ने अरू सबैले खान मिल्ने स्वास्थ्य शाखाका संयोजक ठाकुरले जनाएको छ ।

औरही नगरपालिकामा हरेक वर्ष हात्तीपाइले विरुद्धको अभियान चलाईएपनि अहिलेसम्म औषधि प्रयोगको अवस्था राम्रो देखिएको र हात्ती पाईले रोगका संक्रमितहरू अहिले सम्म यस नगरपालिका भित्र फेला नपरेको अभियान सञ्चालन गरिएको हो ।

हात्तीपाइले रोग विरुद्धको औषधिले अहिलेसम्म कसैलाई कुनै हानि नहुने भएकाले निर्बाध रुपमा औषधि सेवन गर्न र यसको प्रचारप्रसार गरी सम्पुर्णले औषधी सेवन गर्नुपर्ने नगर प्रमुख खड्काले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार