https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह 
बिरगंज, बैशाख १६ गते । 
पर्साको पोखरीया नगरपालिकामा अवस्थित ऐतिहासिक शिव मन्दिरको नवनिर्माण गरि प्राणप्रतिष्ठान गरिएको छ । साथै पहिलो पटक शनिबार पोखरेश्वर महादेवको ‘महाआरती’ संम्पन्न भएको छ ।

प्राचीन शिव मन्दिरमा समस्त शिव परिवारको स्थापना गरिए सँगै मन्दिरको पोखरेश्वर महादेवको नामले नामकरण गरिएको शिव परिवार प्राणप्रतिष्ठानका आयोजक तथा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रद्युमन प्रसाद चौहानले बताए । शुक्रबार पोखरिया प्राचीन शिव मन्दिरमा प्राणप्रतिष्ठान सम्पन्न भएको थियो ।

प्राण प्रतिष्ठान कार्यक्रममा पर्सा क्षेत्र नम्बर ३ का संघीय सांसद राजकुमार गुप्ता, प्रदेश सांसद जनार्दन सिंह क्षेत्री, पूर्व माननीय हरिनारायण प्रसाद रौनियार, संविधान सभा सांसद रामेश्वर प्रसाद रौनियार, पूर्व प्रदेश सांसद प्रह्लाद गिरी, पूजा समितिका अध्यक्ष लक्षमण साह कानू, पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहान, उप प्रमुख रूबी कुमारी ठाकुर, पोखरिया नगरपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव बिनोद पाण्डेय, इलाका प्रहरी कार्यालय पोखरियाको प्रहरी निरीक्षक मोहन बिक्रम के.सी लगायत स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार