धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
जलेश्वर, बैशाख १७ गते ।
महोत्तरीकाे मटिहानीका अग्नीपीडितलाई सगरमाथा चौधरी आँखा अस्पताल लहानले राहत वितरण गरेको छ । बुधवार मटिहानी नगरपालिका वड़ा नं. ६ स्थित जरलहवा गाछी बस्तीमा आगलागिले क्षतिग्रष्ट क्षेत्रका पिडितहरुलाई राहत उपलब्ध गराइएको हो ।

अस्पताल द्वारा प्रति पीडित घरलाई चामल २५ कि., मसुर दाल १ कि., खाने तेल १/२ लिटर, नुन १ कि., च्यूरा १ कि., सोयाबीन २५० ग्राम, चाउ चाउ २ प्याकेट का दरले १०३ घरपरिवारलाई राहत वितरण गरिएको हो ।
त्यसै गरी उक्त संस्था द्वारा जरलहवा गाछी बस्तीमा आगलागिबाट क्षतिग्रष्ट क्षेत्रका पिडितहरुको लागि निःशुल्क शिविर संचालन गरि आँखा जाँच तथा निःशुल्क औषधि वितरण समेत गरेका छन् ।

