https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चन्दन कुमार मिश्रा  
हरिपुर्वा, बैशाख १८ गते । 
सर्लाहीको हरिपुर्वा नगरपालिकामा बैशाख १३ गते बिहिवारको दिन दिउँसो आगलागीबाट धोबियाही टोलमा भएको भीषण आगलागीबाट ६ वटा घर पुर्णरुपमा क्षती भएपछी घरपरिवार बिचल्ली भएको बेला सर्लाही रेडक्रसले त्रीपाल, भाडाकुडा, ओछ्यान, कम्बल, तेल साबुन, सेनेटरी प्याड लुगाफाटो लगायतका समानहरु हस्तान्तरण गरेको छ ।

सर्लाही रेडक्रसको सहकोषाध्यक्ष मरु रायको अध्यक्षतामा अग्नि पिडित परिवारलाई समानहरु हस्तान्तरण गरिएको छ ।
आगलागीबाट हरिपुर्वा -५ धोबियाही टोलका कपिलेश्वर राय, गिरधारी राय, शिबधारी राय, राजकिशोर बैठा, सत्येन्द्र बैठा, कबिता बैठा लगायतका घर पुर्णरुपमा जलेर नष्ट भएको थियो ।

समाग्री हस्तान्तरण कार्यक्रममा हरिपुर्वा नगरपालिकाको नगरप्रमुख बिनोद कुमार साह, वडाध्यक्ष, बिजय भूषण प्रसाद साह, प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादव, रेडक्रस हरिपुर्वा शाखाको सचिव हरिनारायण महतो, कोषाध्यक्ष राम सोगारथ साह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार