https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

रबिन्द्र मिश्र
काठमाडौं, बैशाख १९ गते ।
१. आज अन्तराष्ट्रिय श्रमिक दिवस, श्रमिकहरू लगभग सबैलाई हातमुख जोर्न धौधौ छ – त्यो बिजोग भएन ।

२. ६० प्रतिशत नेपाली कृषिकर्ममा छन्। ती पनि श्रमिकै हुन्फ ।अधिकांशलाई हातमुख जोर्न धौधौ छ – त्यो बिजोग भएन ।

३. बेस्कन दानवीकरण गरेको ३० वर्षे पञ्चायतकालको ‍औसत आर्थिक वृद्धिदर लगभग ४ प्रतिशत थियो। सो अवधिमा छिमेकीहरू लगायत संसारका धेरै देशको अवस्था त्यस्तै थियो। तर त्यसपछि (अर्थात सन् १९९० पछि) छिमेकीहरूको तिब्र आर्थिक विकास शुरू भयो र बृद्धिदर ६ देखि १० प्रतिशत सम्म पुग्यो। नेपालको औसत वृद्धिदर लगभग ४ प्रतिशत मैँ सिमित रह्यो – त्यो बिजोग भएन ।

४. सन् १९९० पछिका ३४ वर्षमा छिमेकीले पूर्वाधार, सार्वजनिक शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाको स्तरमा व्यापक प्रगति गरे, हामीले गर्न सकेनौँ – त्यो बिजोग भएन।

५. नेपाल संसारकै सबैभन्दा अनैतिक (भ्रष्ट) मध्येको देश बन्यो र देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा धूलिसात् भयो – त्यो बिजोग भएन।

६. नेपालको लगभग २० प्रतिशत, खासगरी युवा जनसंख्या, देश बाहिर छ र देशको कूल गार्हस्थ उत्पादनमा एक चौथाई (२५%) तिनै विदेशिएका नेपालीको योगदान छ – त्यो विजोग भएन।

७. देशका दक्ष जनशक्ति भटाभट बाहिरिँदै छन्। हरेक वर्ष एक लाखभन्दा बढि पढेलेखेका प्रतिभाशाली विद्यार्थी पढ्न बाहिर जान्छन्। पाएसम्म फर्किँदैनन् – त्यो बिजोग भएन।

८. पुँजी पलायन बढ्दो छ । व्यवसायी/उद्द्यमीहरू पुँजी लगेर विदेशमा लगानी गर्न उद्दत् हुँदैछन् – त्यो बिजोग भएन।

९. सन् २०२२ मा बंगलादेशमा ३/४ अर्ब, पाकिस्तानमा एक/डेढ अर्ब वैदेशिक लगानी आउँदा नेपालमा १० करोड डलर मात्रै आयो – त्यो बिजोग भएन ।

१०. सन् २००० तिर २० लाख पर्यटकले भियतनाम भ्रमण गर्थे। अहिले त्यो संख्या एक करोड बढी छ। नेपालजस्तो अपार पर्यटकीय संभावना भएको देशमा सन् २००० तिर ५ लाख पर्यटकले नेपाल भ्रमण गर्थे। अहिले हामी १० लाखकै वरिपरी झुण्डिएका छौँ – त्यो बिजोग भएन।

११. न्यायलय लगायत राज्य संचालनका सबै प्रमुख अंगहरू भ्रष्ट र राजनीतिकृत छन् – त्यो बिजोग भएन।

१२. पहिचानको विषय ‘वाद’ मा परिणत भइसक्यो। धर्मान्तरण संसारमैँ सबैभन्दा तिब्र मध्येको छ। त्यसले देशभित्र जातीय र धार्मिक संवेदनशीलता झनझन पेचिलो बनाउँदै लगेको छ – त्यो बिजोग भएन।

१३. छिमेकी लगयात संसारमैँ शक्तिशाली देशहरूको आक्रामक राष्ट्रवाद (Aggressive Nationalism) बढ्दो छ। त्यस्तो अवस्थामा नेपाल भूराजनीतिक भूमरीमा पर्दैछ – त्यो बिजोग भएन ।

१४. भ्रष्टाचार भविष्यमा पनि नियन्त्रण गर्न सकिन्छ तर शहरी विकास र भूउपयोग नीति बिग्रियो भने देश सदियौँका लागि बर्बाद हुन्छ। नेपालका शहरहरू कंक्रिटको जंगल/”धनीहरूको सुकुम्बासी बस्ती” मा परिणत भइसक्यो – त्यो बिजोग भएन ।

१५. मरेर काम गर्दा या चाकडी गर्दा पनि आफ्नो परिवारको जिवनस्तरमा खासै सुधार आएको छैन तर आफूले चुनेका पार्टीको नेताको जिवनस्तर भव्य छ – त्यो बिजोग भएन ।

१६. ज्ञानको संकट (Knowledge Crisis) दिन प्रतिदिन तिब्र भएर गइरहेको छ। देश सञ्चालन औसतभन्दा न्यून जनशक्तिले गर्नु पर्ने अवस्था आइसक्यो – त्यो बिजोग भएन ।

१७. देश हाम्रो पुस्ताको मात्र पेवा होइन । भावी पुस्ताका लागि हामीले ठिकठाकै देश हष्तान्तरण गर्नुपर्छ । देशको भविष्य आन्तरिक र वाह्य कारणले गर्दा खतरामा छ । त्यस्तो अवस्थामा आन्तरिक शक्तिहरू नै विभाजित भए भने, देश बनाउन र बचाउन कठिन हुन्छ। विश्व इतिहास र वर्तमानले त्यही देखाएको छ।

त्यसैले आन्तरिक शक्तिहरू सबैले एक-अर्कालाई घृणा नगरौँ, निषेध नगरौँ। #नवीनसमझदारी मा जाऊँ र देशलाई विगतबाट शिक्षा लिएर, नबहकिकन ‘सर्भिसिङ’ होइन, ‘ओभरहलिङ’ गरौँ भन्ने एकमात्र दलले चुनावमा नराम्रो हार ब्योहर्नु पर्दा – त्यो चाहि “कन्तबिजोग” भयो!

१८. भ्रममा नबाँचौँ। त्यस्तो मानसकिता नबदल्ने हो भने यो देश बन्दै बन्दैन। बन्नुभन्दा अगाबै संकटमा पर्छ । त्यसको दोष राजनीतिकर्मीलाई मात्र दिएर पुग्दैन । त्यस्तो अवस्थालाई मलजल गर्ने पढेलेखेका ‘विद्वान’हरू सो अवस्थाका लागि अझ बढी जिम्मेवार छन् भनेर बुझ्नु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार