https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख १९ गते ।  
मिटरव्याजी साहुको समुहले महोत्तरीको औरही बजारमा पत्रकारको संचार सामाग्री खोसेर फुटाइ दिएका छन् । मिटर व्याजी पीडितको समाचार संकलन गरिरहेका शीरिष न्यूजका समाचारदाता प्रेमबाबु यदुवंशीको संचार समाग्री मोवाईल उनीहरुले फुटाइदिएका छन् । नयाँ पत्रिका दैनिकका महोत्तरी समाचारदाता रञ्जन भण्डारीको मोवाईल पनि साहुहरुले नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ । पत्रकार यदुवंशीका अनुसार भण्डारीको मोवाईल फिर्ता दिएपनि आफ्नो मोवाईल साहुको समुहले खोसेर फुटाइदिएको छ ।

मिटरब्याज पीडितहरुले औरही बजारमा भेला गर्दै संघर्ष समिति गठन गर्न गएका थिए । त्यो भेलालाई विथोल्नका लागि साहुहरु एक जुट भएका थिए । सोहीक्रममा साहुहरुले पीडितमाथि कुटपीट, गालीगलोज गरेका थिए । सो घटनाको भीडीयो खिच्दै गर्दा पत्रकार यदुवंशीको संचारसमाग्री मोवाइल नियन्त्रणमा लिएर फुटाइदिएको हो ।

नेपाल पत्रकार महासंघ महोत्तरीका शाखा सचिव राजकरण महतोले पत्रकारको संचारसमाग्री फुटाउने र दुव्र्यवहार गर्ने समुहलाई कडा कारवाही माग गरेका छन् । इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर मनोज कुमार यादवलाई फोन सम्पर्क गरेर घटनाको अनुसन्धान गरि दोषिलाई कडा कारवाहीको माग गरेका छन् । घटना स्थलमा रहेका इन्स्पेक्टर यादवले दोषिको खोजतला भइरहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट