https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख २० गते । 
मटिहानी नगरपालिका वड़ा नं.८ मा वड़ा कार्यालय भवनको निर्माण कार्यको शिलान्यास गरेको छ । बिहीबार मटिहानी नगरपालिकाका नगर प्रमुख श्री हरि प्रसाद मंडल र जग्गा दाता एवं कार्यपालिका सदस्य श्री अरुण नाहरले संयुक्त रुपमा वड़ा कार्यालय भवनको निर्माण कार्यको शिलान्यास गरेको हाे ।

उक्त वड़ा कार्यालय भवन निर्माणका लागि कार्यपालिका सदस्य समेत रहेका श्री अरुण नाहरले करिब १२ धुर भन्दा बढ़ी जग्गा उपलब्ध गराएका छन् ।

उक्त वड़ा कार्यालय भवनको निर्माण नेपाल सरकारको सम्पूरक अनुदान अन्तर्गत रु. ९५,११,२२७ (मु.अ. कर समेत) को लागतमा निर्माण हुने कुरा मटिहानी नगरपालिकाका इंजीनियर श्री बिमलेश साहले बताउनुभयो ।

सो वड़ा कार्यालय भवन निर्माण कार्यको शिलान्यास कार्यक्रममा नगर उप-प्रमुख श्री मंजु देवी साह, वड़ा नं.१,३,५,६,७ र ८ का वड़ा अध्यक्ष क्रमशः श्री शिवशंकर राय, श्री नाजिर मिया, श्री मिश्री नायक, श्री कलीम अंसारी, श्री जितनारायन माझी र श्री रितेश साह, वड़ा नं.८ पूर्व वड़ा अध्यक्ष श्री गणेश प्रसाद साह, लोसपाका केन्द्रिय सदस्य श्री राम कुमार मंडल, नेपाल उद्योग महासंघका पूर्व केन्द्रिय सदस्य श्री विजय कुमार साह, होत्तरी उद्योग वाणिज्य संघका सदस्य श्री राम कुमार साह, पूर्व उपाध्यक्ष श्री नागेश्वर गुप्ता, बिभिन्न राजनीतिक पार्टीका प्रतिनिधि श्री उपेन्द्र चौधरी, श्री श्याम कुमार मंडल, श्री उमाशंकर साह, श्री जुगेश्वर खतवे, श्री बिन्देश्वर नायक लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार