https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सप्तरी, बैशाख २० गते । 
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सप्तरीको महादेवा गाउँपालिका-१ चिम्टीका अग्निपीडितहरूलाई घर बनाइदिने घोषणा गर्नु भएको  छ ।‌

अग्निपीडितलाई भेट्न बिहिबार घटनास्थल पुगेका मुख्यमन्त्री यादवले प्रदेश सरकार जनता आवासको मोडेलमा पीडित परिबारलाई घर बनाइदिने घोषणा गर्नु भएको हो । उहाँले भन्नु भयो, ‘प्रदेश सरकार सुख दुःखमा तपाईहरुको साथमा छु, आजकलमै निर्णय गरेर यहाँ आगोमा जति घर जलेको छ त्यति घर प्रदेश सरकारले बनाइदिनेछ ।’

बिहिबार दिउँसो काठमाडौँबाट राजविराज विमानस्थल पुगेका मुख्यमन्त्री सिधै घटनास्थल पुगेका थिए । घटनास्थल निरिक्षणको क्रममा अग्निपीडितहरूले मुख्यमन्त्री समक्ष आफ्नो दुखेसो पोखेका थिए ।

मंगलबार चिम्टीमा भएको आगलागीमा परेर त्यहाँका ४७ बढी परिवार घरविहीन बनेका छन् ।

निरिक्षणको क्रममा बन तथा वातावरण मन्त्री भरत साह, प्रदेश सभा सदस्य मनिष सुमन, किरण साह, माला कर्ण, मधेश सरकारका पुर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार