https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम,वैशाख २१ गते ।
बालबालिकाहरुलाई शारीरिक र मानसिक रुपमा स्वस्थ पार्न उदेश्यले धनुषा निर्वाचन क्षेत्र नं २ अन्तर्गत रहेका सामुदायिक विधालयहरुमा पहिलो पटक स्वस्थ विधालय ” हेल्दी स्कुल ” कार्यक्रमको शुभारम्भ गरिएको छ । मधेश प्रदेश का प्रदेश सांसद रामअशिष यादवले माटोको दियो बालेर मधेश प्रदेशमा पहिलोपटक हेल्दी स्कुल कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

सो अवसरमा बोल्दै हेल्दी स्कुल कार्यक्रमका परिकल्पनाकार समेत रहेका प्रदेश सांसद यादवले सामुदायिक विधालयहरुमा अध्ययनरत बालबालिकाहरुलाई शारीरिक, मानसिक रुपमा स्वस्थ रहनुका साथै स्वास्थ प्रति जागरुक पार्न उदेश्यले हेल्दी स्कुल कार्यक्रमको शुभारम्भ गरिएको कुरा बताउंनु भयो ।

हंसपुर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष लालबाबु यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विधालयका प्राधानाध्यापक जितेन्द्र साह, हेल्दी स्कुल कार्यक्रमका संयोजक डा. निरन्जन कुमार गोईत, सेभ द चिल्ड्रेनका प्रतिनिधि हरिबोल बजगाई, समाजसेवी मदन साह, उन्नत नेपालका संस्थापक नागेन्द्र साह सहितका वक्ताहरूले स्वस्थ विधालय कार्यक्रमको प्रभावकारिता सम्बन्धमा विचार व्यक्त गरेका छन ।

हंसपुर नगरपालिकाको वडा नं ४ सुगा मधुकरही स्थित श्री आधारभूत विधालयमा भएको हेल्दी स्कुल कार्यक्रममा डा. निरन्जन गोईत, डा जितेन्द्र जैसवाल, डा. लक्ष्मी गोइत, डा. कृष्ण पाल महतो सहित चिकित्सकहरुले बालबालिकाहरुलाई उपचार गरि आवश्यक औषधी पनि उपलब्ध गराएका कुरा युवा अभियन्ता रौकी प्रसाद साहले जानकारी दिएका छन ।

उपचारकाे क्रममा ४ जना बालिकाहरुले एउटा मात्र आँखाले देख्न सक्ने रोग अलअमबिया पता लागेको कुरा नेत्र रोग विशेषज्ञ डा. कृष्ण पालले जानकारी दिए । भन्ने ५ जना बालबालिकहरुमा कान पाक्ने रोग फेला परेकाे डा. पालले बताए ।

२ सय ५० बालबालिकाहरुको सघन रुपमा भएको प्राथमिक उपचारमा प्राय धेरै जसो बालबालिका स्वास्थ रहेको कुरा उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिए । सामुदायिक विधालयहरुमा अध्ययनरत बालबालिकाहरुलाई प्रत्येक्ष रुपमा लाभ हुने उदेश्य ले शुभारम्भ गरिएको नवीन कार्यक्रम हेल्दी स्कुल सराहनीय रहेको अभिभावक र शिक्षकहरुले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार