गाैशाला, बैशाख २१ गते ।
महाेत्तरीकाे मटिहानी नगरपालिका वडा नं. २ आवर मरखालामा दुई कोठे सामुदायिक भवन निर्माण कार्यको शिलान्यास गरेको छ । शुक्रबार तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत मटिहानी नगरपालिका वडा नम्बर २ स्थित आवर मरखालामा दुई काेठे सामुदायिक भवन निर्माणकाे लागि नगर प्रमुख श्री हरि प्रसाद मण्डलद्वारा शिलान्यास गरेको हाे ।
कार्यक्रममा मटीहानी नगरपालिका उप-प्रमुख श्रीमती मंजु देवी साह, वडा नं. २ का अध्यक्ष मोहम्मद रयूफ़, वडा नं. ३ का वडा अध्यक्ष नाज़िर मियाँ, नेता हेमचन्द्र यादव (एमाले), बैकुण्ठ यादव, सत्यनारायण यादव, वडा सदस्य मोकिम राईन, दुखरण खत्बे लगायत समाजसेवी भरभलादमीहरूको सहभागिता रहेको थियो ।
उक्त भवन निर्माणको लागि जम्मा लागत रू. ३८ लाख १९ हज़ार ३ सय ४३ रुपैया बराबरको बजेट रहेको नगरपालिका स्राेतले जनाएको छ ।