https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख २४ गते ।  
महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा पि सि सि सडक ढलानको शिलान्यास भएको  छ । महोत्तरी निर्वाचन क्षेत्र नम्बर  ४ को (ख) बाट निर्वाचित मधेस प्रदेशका सांसद एवम पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुश्वाहाको प्रमुख अथितिमा सम्सि गाउँपालिका वडा नम्बर  – ३ लक्ष्मिनिया बैरगिमा शिलान्यास भएको छ ।

पुर्व राज्य मन्त्री कुशवाहाले स्थानीयहरु लाई असारको  महिनामा आवत जावत गर्न समस्या भइरहेका कारण सो सडक ढलान गर्न थाल्नि सुरु गरिएको कुरा बताएको छ । आफ्नो बिशेष पहलमा मधेश प्रदेशका सामाजिक विकास मन्त्रालयको बजेटबाट सडक ढलान गराउन लागेको बताए । लक्ष्मिनिया देखि गैढा भेटपुरसम्म जाने सडकमा लक्ष्मिनिया देखि १५० मिटिर लम्बाइ र १८ फिट चाैडाइ सम्म पि सि सि सडक ढलानको शिलान्यास गरेको हाे । ढलान हुनलागेको सडकमा करिब २० लाखको लागतमा ढलान हुन लागेको स्थानीयहरुले बताए । 

सडक ढलान भएपछि आवश्यक्ता अनुसार गरिब जनतालाई सहज हुनुका साथै सामाजिक संघ-संस्थालाई आफ्ना गतिविधि सञ्चालनमा सहयोग हुने उनले बता एक गाउँबाट मुख्य सडकसम्म जन सम्या हुँदै गइरहेकाे समयमा उक्त सडक ढलान हुन लागे पछी स्थानीयहरु खुशि भएका छन । साथै स्थानीयहरुले पुर्व राज्य मन्त्री कुशवाहा लाई धन्यवाद समेत दिनुभएको छ ।

शिलान्यास गर्दै उहाँले भनुभो आफू जितेको क्षेत्रमा विकासको लागि हामी तत्पर छौ, यस क्षेत्रको विकास, समृद्धिका लागि सम्पूर्ण क्षेत्रबासीको साथ र सहयोगको आवश्यक रहेका बताउनु भयो उक्त कार्यक्रममा यस पालिकाका वडा अध्यक्ष अतिकुल रहमान, जसपा नेता असगर अंसारी, विशेश्वर साह लगायत स्थानियहरुको उपस्थिति रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार