https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख २४ गते ।  
महोत्तरीकाे रामगोपालपुर नगरपालिकामा कुलो निर्माण तथा पैनी जिर्नोधार कार्यको शिलान्यास भएको  छ । मधेश प्रदेशका सांसद एबम पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले आज सोमवार एक बिच कार्यक्रम रामगोपालपुर नगरपालिकामा रहेको कुलो निर्माण तथा पैनी जिर्नोधार कार्यको शिलान्यास गरेको छ ।

महोत्तरी निर्वाचन क्षेत्र ४ को (ख) बाट निर्वाचित मधेस प्रदेशका सांसद एबम पुर्ब आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाको प्रमुख अतिथिमा आज सोमवार  एक कार्यक्रमका बीच रामगोपालपुर नगरपालिका वाडा नम्बर – ९ गोठ बनौली(खोपी)मा रहेको कुलो निर्माण तथा पैनी जिर्नोधार कार्यको शिलान्यास भएको हो । शिलान्यास गर्दै पुर्व राज्यमन्त्री कुशवाले भने कुलो निर्माण भएपछि सोचे अनुसार खेतीबाट उब्जनी हुने यस अघि जसो तसो खनेर बनाएको कुलोले खेतहरुमा यस वडाका किसानहरु  सिँचाइ गर्न बाध्य भएका थिए ।

रामगोपालपुर नगरपालिका वडा नम्बर – ९ मा खेती गर्ने किसानको पिडा देखेर पुर्व राज्यमन्त्री कुशवाले आफ्नो बिशेष पहलमा मधेश प्रदेशका सामाजिक विकास मन्त्रालयको ३० लाखको बजेटबाट कुलो निर्माण तथा पैनी जिर्नोधार कार्यको गर्न लागेको कुशवाले बताएको छ । साथै अहिले सिँचाइका लागि कुलो निर्माण तथा पैनी जिर्नोधार कार्य सुरु हुन लागे पछी यहाका किसानहरु खुसि भएको कुरा  बताउनु भएको छ । साथ यस वडाका किसानहरु  अब विभिन्न किसिमका खेती गर्न सहज हुने उहाँले बताउनु भयो ।

उक्त शिलान्यास समारोहमा वि.अ. वडा अध्यक्ष नागेश्वर प्रसाद यादव, जनता समाजवादी पार्टी नेपालका नेता पन्चलाल महतो, बिजय यादव, कृष्णदेव यादव, दिपेन्द्र ठाकुर, हरि नारायण महतो, ने.क.पा.एमालेका स्थानीय नेता सजय यादव साथै नागरिक समाजहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार