प्रदीप दास
राैतहट, बैशाख २५ गते ।
रौतहट जिल्लाको दक्षिणी भेगमा अवस्थित दुर्गा भगवती गाउँपालिका वडा नम्बर – ४ पचरुखिमा नाला र पक्की सडक ढलान शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
दुर्गा भगवती गाउँपालिका वडा नम्बर – ४ पचरुखिमा गापा अध्यक्ष शम्भु सिंहको विशेष पहलमा जन समुदायको मांग अनुसार नाला र पक्की सडक ढलान शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
उक्त शिलान्यास कार्यक्रममा गापा उपाध्यक्ष शिला देवी, वडाध्यक्ष रामानन्द यादव, वडा सदस्यहरू, स्थानीय विभिन्न राजनैतिक दलका युवा समाजसेवी नेताहरु, बुद्धिजीवी अभिभावक लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । उक्त नाला लगायत पक्की सडक ढलान शिलान्यास भएको हुँदा स्थानीय जनताहरू धेरै खुशी हुँदै गापा अध्यक्ष शम्भु सिंहलाई धन्यवाद पनि दिएका थिए ।




