जनकपुरधाम, बैशाख २५ गते ।
मधेश प्रदेश को राजधानी जनकपुरधाम स्थित पार्टी कार्यालयमा सम्पन्न जनता समाजवादी पार्टी मधेश प्रदेश समितिको बैठकमा सहभागी पार्टीका अधिकांश नेताहरुले पार्टी विभाजन गर्ने कार्यको घोर भर्त्सना गरिएको छ ।
सहभागी नेताहरूले पार्टीका केहि अवसरवादीहरुले मधेशको मुद्दा लाई कमजोर गरि आफ्नो नीजि स्वार्थ पूरा गर्न पार्टीलाई विभाजन गरेको आरोप लगाएका छन ।
बैठकमा सहभागी अधिकांश नेताहरुले मधेश आन्दोलन का जनक उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवाद पार्टी नेपाल आगामी दिन अझै सुदृढ गर्दै अघि बढ्ने कुरामा जोड दिएका छन ।
जसपा नेपाल मधेस प्रदेश का अध्यक्ष बालकिशोर प्रसाद साह को अध्यक्षतामा सम्पन्न प्रदेश कमिटी को बैठक मा प्रदेश कमिटी का अधिकांश प्रदेश समिति का कार्यकारणि सदस्य र प्रदेश सदस्य हरुको सहभागिता रहेका छन ।

