https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, बैशाख २५ गते ।  
सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादव ज्यूसंग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का आवासीय राजदूत रोवर्ट डोंमिनिक रुसेल फेनले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज (मंगलबार) शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा शुभकामना आदानप्रदानपछि नेपाल र बेलायतबीच सदियौंदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई अझ प्रवर्धन गर्ने विषयमा छलफल भयो ।

‘संयुक्त अधिराज्य नेपालको एक प्रमुख विकास साझेदार हो । सामान्य र संकटको समयमा संयुक्त अधिराज्यले लामो समयदेखि गरेको सहयोगको नेपाल कदर गर्दछ’ उहाँले भन्नुभयो, ‘नेपाल र संयुक्त अधिराज्यबीच रहेको राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध तथा जनस्तरमा कायम मित्रता अद्वितीय छ ।

उहाँले अगाडि भन्नुभयो, ‘अन्तर्राष्ट्रिय मञ्चहरुमा पनि नेपाल र संयुक्त अधिराज्यले मानव कल्याणसँग सम्बन्ध राख्ने र साझा चासोका विविध क्षेत्रहरु जस्तै राष्ट्रसंघीय शान्तिसेना मार्फत विश्वशान्ति स्थापनामा सहयोग, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा महिला सशक्तीकरणका लागि सहकार्य गर्दै आएकोमा खुशी लागेको छ ।

उपराष्ट्रपति यादवले नेपाल र नेपाली नागरिकहरूका तर्फबाट राजा चार्ल्सको व्यक्तिगत सुख एवम् सुस्वास्थ्यको शुभकामना सन्देश प्रेषित गरिदिन आग्रह समेत गर्नुभयो । राजदूत रोवर्ट डोंमिनिक रुसेल फेनले नेपालको हरेक क्षेत्रमा संयुक्त अधिराज्यले काम गर्न चाहेको बताउनु भयो ।  

प्रतिक्रिया

सम्बन्धित समाचार