
बिबेक कुमार यादव
हरिपुर्वा, बैशाख २८ गते ।
सर्लाहीको हरिपुर्वा नगरपालिका -५ धोबियाही टोलमा बैशाख १३ गते भएको आगलागी घटनामा पिडितलाई राहत सहयोग गरिएको छ ।
बागमती सेवा समाज नेपाल हरिवन र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (आरआरपिके) मलंगवा र वल्र्ड भिजनको सहयोगमा आज धोबियाही टोलका ५ घरपरिवारलाई विभिन्न राहत सहयोग वितरण गरिएको हरिपुर्वा नगरपालिकाको नगर प्रमुख बिनोद कुमार साहले लोकप्रिय आवाजलाइ जानकारी गराउनु भएको छ ।
एक परिवारलाई १२हजार ५ सय बीस रुपैयाँ बराबरको राहत सामग्री दिइएको छ । प्रत्येक परिवारलाई २५ केजी चामल, ३ केजी दाल ३ किलो, तेल २ लिटर, २ केजी चिनी, २ केजी नुन, NFI KIT १ थान, टिसर्ट, टिपिन ट्रायकसुट, स्कुल ब्याग १-१ थान, र एक थान शैक्षिक सामग्री प्रदान गरिएको बागमती सेवा समाज नेपालका भरतकुमार कार्कीले जानकारी दिनुभयो । हरिपुर्वा नगर प्रमुख बिनोद कुमार साह तथा वडाध्यक्ष विजय भूषण प्रसाद साहको उपस्थितमा राहत समाग्री अग्नि पिडितलाई प्रदान गरिएको छ ।