
पवन प्रसाद साह
बिरगंज, बैशाख ३० गते ।
नेपाल शिक्षक संघको ३४ औ स्थापना दिवसको अवसरमा नेपाल शिक्षक संघ बिरगंज महानगर कार्य समितिले विभिन्न कार्यक्रम गरि वीरगंजमा मनाएको छ । बिरगंज स्थित गहवा माई मन्दिर अगाडिको पार्कमा दीप प्रज्वलन गरी कार्यक्रम मनाउनुको साथै वीरगन्ज स्थित भन्सार टोला श्रीसीयामा अवस्थित मानव सेवा आश्रममा केक काटी आश्रममा बस्ने दिदीबहिनीहरु लाई खाना खुवाई रू४१०० नगद सहित रासन सामाग्री हस्तान्तरण समेत गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाल शिक्षक संघ राष्ट्रिय कार्य समिति का उपाध्यक्ष छोटेलाल साहले शिक्षकहरुले पेशाप्रति इमान्दार रहि बालबालिकाहरुको भबिश्यप्रति जिम्मेवार रहि शिक्षण कार्य गर्नुपर्ने बताए । शिक्षकहरुले राम्रो कार्य गरे बापत स्थानीय तहले समेत सम्मानित गर्नु पर्ने बताए ।
त्यस्तै नेपाल महिला संघका केन्द्रिय सदस्य डा. सुषमा तिवारीले नेपालको शैक्षिक अवस्था सुधारका लागि नेपालको राष्ट्रिय शिक्षक संगठनमा आबद्ध शिक्षकहरुले ध्यान दिनुपर्ने बताएका थिए । उनीहरुले शिक्षकहरु एकताबद्ध हुनुपर्ने र हरेक शैक्षिक सत्रमा पेशागत मर्यादाका लागि दृढ भावनाका साथ लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको अध्यक्षता नेपाल शिक्षक संघ वीरगन्ज महानगरका अध्यक्ष रवि चौरसियाले गर्नु भएको थियो भने । यस्तै गरी ने.शि. संघ पर्साका अध्यक्ष प्रदीप जयसवाल, उपाध्यक्ष कोपिला कडेल चौरसिया, सचिव सुरेन्द्र यादव, जिल्ला कार्य समितिका पदाधिकारीहरू, महानगर कार्य समितिका पदाधिकारीहरू, वी.म.न.पा. का पूर्व उप प्रमुख शान्ति कार्कि लगायत विभिन्न ब्याक्तिहरुकि उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य समितिका उपाध्यक्ष साबिर अहमद एराज बोलेका थिए र कार्यक्रम संचालन समितिका सचीव विजय यादवले गरेका थिए ।