https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह 
बिरगंज, जेष्ठ १ गते ।  
राप्रपा तथा राप्रपा नेपालका नेताले ईलाका प्रहरी कार्यालय पोखरीया पर्साका ईन्चार्ज एवं प्रहरी निरीक्षक मोहन बिक्रम केसीको बिदाई गरेको छ । राप्रपा पर्साका जिल्ला उपाध्यक्ष अवधकिसोर साह तथा राप्रपा नेपाल पर्साका जिल्ला उपाध्यक्ष रोशन यादव,जिल्ला सदस्य दिपनारायण यादवले संयुक्त रुपमा प्रहरी निरिक्षक केसीलाई खादा, टिका लगाएर विदाइ गरेका हुन ।

ग्रामिण भेगमा खुला सिमाना भएकोले सेवा निर्वाह गर्न चुनौती पुर्ण हुनेगर्छ, तैपनि अपराध अनुसंधान तथा शान्ति सुरक्षामा स्थानिय जनमानसलाई छुट्टै अनुभुति प्रहरी निरिक्षक केसीले दिएका हुन।उनले ग्रामीण भेगमा देखाएको आफ्नो कर्त्तव्य निष्ठाका कारणले गर्दा स्थानिय जनमानसमा प्रहरी प्रति माया र स्नेह बढेको प्रहरीनिरीक्षक केसीले बतए। प्रहरी निरिक्षक केसीले करिव १३ महिनाको कार्यकालमा उनले देखाएको कार्यशैली ग्रामिण भेगमा निकै प्रहरी प्रसंशाा दायक बनेका हुन ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले २७ गते ५ सय १९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा गरेको छ । सोही क्रममा ईलाका प्रहरी कार्यालय पोखरीयाका मोहन बिक्रम केसीको विपत व्यवस्थापन कार्यालय काठमाडौँ शाखामा सरुवा भएको छ भने इलाका प्रहरी कार्यालय पोखरीया पर्सामा प्रहरी निरीक्षक राजन ढकाल आउने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार