Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/rajdhan1/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/rajdhan1/public_html/wp-includes/functions.php on line 6121
Rajdhani Today
https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह 
बिरगंज, जेष्ठ २ गते ।  
पर्साकाे बिरगंज महानगरपालिकाका  स्कुलमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम भएको छ । जिल्ला ट्रापिक प्रहरी कार्यालय पर्सा र व्यवस्थित वीरगञ्ज अभियानले संयुक्त रुपमा सचेतना कार्यक्रमको आयोजना गरेका हुन् ।

डिएभी आरबी केडिया स्कुलका प्रधानाध्यापक राकेश मिश्राको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले सवारी दुर्घटना नियन्त्रणका लागि विद्यार्थी सचेत हुनुपर्नेमा जोड दिएका थिए  ।

विद्यालय तहबाटै ट्राफिक सचेतनाको थालनी गरिएको व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलिपराज कार्कीले बताए । उनकाअनुसार सामुदायिक विद्यालयमा यसअघि नै ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो । सोही कार्यक्रमकै निरन्तरता स्वरुप डिएभी आरबी केडिया स्कुलमा प्रशिक्षण दिइएको कार्कीको भनाई रहेको छ ।

वीरगंजका सबै विद्यालयमा कार्यक्रमलाई निरन्तरता दिने योजना छ । जसअनुरुप हरेक विद्यालयमा ट्राफिक सचेतना सम्बन्धी सन्देशसँगै ट्राफिक चिन्ह समावेश गरिएको बोर्ड विद्यालय परिसरमा राखिनेछ । यसबाट विद्यार्थीहरुले ट्राफिक नियमका बारेमा जानकारी पाउने उनको विश्वास छ ।

स्कुलका प्रधानाध्यापक राकेश मिश्रले हरेक वर्ष ट्राफिक सचेतना सम्बन्धी कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई सचेत बनाउँदै आएको जानकारी गराए । विद्यालय तहबाटै सचेत बनाएमा परिवर्तन सम्भव हुने मिश्रको भनाई रहरको छ।

ट्राफिक सचेतना कार्यक्रममा सहभागी कक्षा १०, ११ र १२ मा अध्ययनरत एक सय जना विद्यार्थीले ट्राफिक नियमको पालना गर्ने र गराउने अठोट गरेका हुन् । आफ्नो अभिभावकले हेल्मेट नलगाएमा वा मादक पदार्थ सेवन गरेमा सवारी साधनमा नचढ्ने प्रतिबद्धता पनि विद्यार्थीहरुले प्रतिबदता व्यक्त गरेको विद्यालयका शिक्षक प्रकाश कर्णले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट