https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

निरन्जन कुमार साह
गाैशाला, जेष्ठ ४ गते । 
महाेत्तरीकाे गौशालामा दिनदहाडै गरगहना सहित लाखौँको चोरी भएको छ । शुक्रबार गौशाला नगरपालिका ५ स्थित गाैशाला बजार अन्तर्गत रहेका शान्ति टाेलमा दिनदहाडै गरगहना सहित लाखौँको चोरी भएको हाे ।

ईलाका प्रहरी कार्यालय गाैशालाको १०० मिटरको दुरीमा शान्ति टोलमा कोठा भाडामा लिएर बस्दै आएका नेपाल विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रका लेखा प्रमुख सम्भु प्रसाद साहको रूमबाट लाखौँको गरगहना चोरी भएको साहले बताए ।

लेखा प्रमुख शान्तिटोलमा रामछविलालको घरमा रूम भाडामा लिएर बस्दै आएका थिए । शुक्रबार उनि अफिस गएको बेला कोठाको ताल्चा तोडेर चोरी भएको लेखा प्रमुख साहले जानकारी दिए । जसमा ६ तोला सुन, ४० तोला  चाँदी र १ लाख ५० हजार नगद चोरी भएको उनले बताए ।

त्यसैगरी शुक्रबार नै गौशाला वडा न. १० बटौवा निवासी नेपाल नेपाल विद्युत प्राधिकरण गौशला वितरण केन्द्रका अर्का कर्मचारी नागेन्द्र मण्डलको बजाज कम्पनीको एभेन्जर मोटरसाइकल घरबाटै चोरी भएको छ  । 

गत बैशाख २३ गते नेपाल विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रकै कर्मचारी ललित यादवको पनि कोठाबाट लाखौँ बराबरको गरगाघना गौशाला कृष्णनगरबाट चोरी भएको छ ।

गौशालामा तीन ओटा चोरी त्यो पनि विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रकै कर्मचारीको भएको छ । उनीहरुले ईलाका प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् ।

गौशालामा चोरीको घटना बढेपछी स्थानीयहरु त्रसित भएका छन् । चोरी मात्र नभएर गौशालामा समय समयमा ग्यांग फाइट, लुटपाट, कुटपिटको घटना बढेको तर प्रहरी प्रशासन मौन रहेको एक स्थानीय बताए । त्यसमाथि आज प्रहरी कार्यालय अगाडी कै ठाउँबाट चोरी भएपछी प्रहरीहरुले सुरक्षा सेवामा कमि गरेको स्थानीयहरुको भनाई छ  ।

रातिको समयमा प्रहरीको निगरानी पुरै फितलो रहेको छ भने सोझा साझा जनतालाई विनाकारण समात्ने गालीगलौज गर्ने तर अनैतिक कार्य गर्ने, लागु औषध सेवन गरेर हिड्ने, सवारीसाधन अनियन्त्रित रुपमा चलाउनेहरुलाइ उल्टै प्रहरीले सहयोग गरेको स्थानीयहरुले आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट