https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, जेष्ठ ८ गते ।
महाेत्तरीकाे रताैली युवा क्लबद्वारा प्राथमिक स्वास्थ्य केन्द्र गाैशालालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

वनहर्टकाे आर्थिक सहयोगमा रताैली युवा क्लबकाे प्राविधिक सहयोग र गाैशाला नगरपालिकाकाे सहकार्यमा संचालित स्थानीय तहकाे साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजना अन्तर्गत सिमुलेसनमा आधारित मेन्टरसिप कार्यक्रम (SBMP) संचालन गर्न गाैशाला प्राथमिक स्वास्थ्य केन्द्रमा (Hub Site) निर्माणकाे लागि आवश्यक समाग्री सहयोग गरेका छन् ।

जसमा सामाग्रीहरु डेलिभरी सेट, इपि सेट, नियुवन रिसक्सिटेसन सेट, केएमसि सेट, प्रि इक्यामसिया सेट, म्यानेजमेन्ट सेट, पिपिएच म्यानेजमेन्ट सेट, एमभिए सेट, भ्याकुम सेट लगायतका सामाग्रीहरु गाैशाला नगरपालिका ४ स्थित गाैशाला जिराे माईलमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र अन्तर्गत संचालनमा रहेको बर्थिङ सेन्टर (प्रसुति गृह) लाई हस्तान्तरण गरेका हुन ।

त्यसैगरी गाैशाला नगरपालिका १२ स्थित कान्तिबजारमा रहेको लक्ष्मिनिया स्वास्थ्य चाैकी अन्तर्गत संचालनमा रहेको बर्थिङ सेन्टरमा अल्ट्रासाउन्ड (भिडियो एक्सरे) मेशिन समेत हस्तान्तरण गरेकाे प्राेजेक्ट संयोजक राजकुमार महताेले जानकारी गराए ।

हस्तान्तरण कार्यक्रममा नगरपालिका नगर प्रमुख तथा प्राथमिक स्वास्थ्य केन्द्र गाैशालाका व्यवस्थापन समितिका अध्यक्ष : डा. दिपेन्द्र महताे, रताैली युवा क्लबकाे निर्देशक : बैधनाथ चाैधरी, प्राेजेक्ट काेडिनेटर : राज कुमार महताे, जिल्ला संयोजक : राज कुमार यादव लगायत स्वास्थ्यकर्मीहरुकाे उपस्थिति रहेको थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट