गाैशाला, जेष्ठ ९ गते ।
महोत्तरीको मनरा शिसवा नगरपालिका अन्तर्गत स्वास्थ चौकी सौन्दर्यकरणका लागि शिलान्यास गरेको छ । मधेस प्रदेशका सांसद एवंम पुर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहा र मनरा शिस्वा नगरपालिका नगर प्रमुख मोहन पाण्डेद्वारा संयुक्त रुपमा स्वास्थ चौकी सौन्दर्यकरणका लागि शिलान्यास गरेको छ ।
महोत्तरी निर्वाचन क्षेत्र ४ को (ख) बाट निर्वाचित मधेस प्रदेशका सांसद एबम पुर्ब आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाको प्रमुख अतिथिमा आज एक कार्यक्रमका बीच मनरा शिस्वा नगरपालिका वडा नं. ७ झिंगास्थान स्वास्थ्य चौकी सौन्दर्यकरण निर्माणका लागि शिलान्यास गर्नु भएको हो ।
उक्त स्वास्थ चौकी सौन्दर्यकरणका लागि मधेस प्रदेशको स्वास्थ मन्त्रालयको २५ लाखको लागतमा स्वास्थ चौकी सौन्दर्यकरणका हुने भएको सो वडाका वडा अध्यक्ष राम नाथ सहनीले बताउनु भएको छ ।
उक्त शिलान्यास कार्यक्रममा विशिष्ट अतिथि नगर प्रमुख मोहन पाण्डेय, अतिथि वडा अध्यक्ष राम नाथ सहनी, ने.क.पा.एमाले नेता कौशल साह, ने.क.पा.माओवादी लाल बाबु साह, ज.स.पा. शिब नारायण सिंह, सुनिल कु. महतो स्थानीय अन्यनेतागण, नागरिक समाज र युवाहरुको उपस्थितिमा समारोह सम्पन्न भएको छ ।