विरटनगर, जेष्ठ १० गते ।
जनता समाजवादी पार्टी नेपालका राष्ट्रीय अध्यक्ष उपेन्द्र यादव पार्टीको महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका छन ।
बिहिबार गृह जिल्ला मोरङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र न. ५ बाट जसपा नेपालका राष्ट्रिय अध्यक्ष यादव सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका हुन ।
अध्यक्ष यादवले महाधिवेशन प्रतिनिधिमा सर्व सम्मत निर्वरोध चयन भएकोमा सम्पूर्ण पार्टी पंक्ति एवं निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गरेका थिए ।
सोही क्षेत्रबाट अध्यक्ष यादवसँगै जयराम यादव, सुरेश प्रसाद सिंह गनगाई, भोगेन्द्र यादव, सदिना खातुन, जोगीलाल यादव, बिनिता सिंह लगायत पनि महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका छन ।
जसपा नेपालको प्रथम राष्ट्रीय एकता महाधिवेशन यही जेष्ठ २८, २९ र ३० गते जनकपुरमा सम्पन्न हुनेछ । अहिले देशैभरीबाट महाधिवेशनका लागी प्रतिनिधि चयन कार्य हुँदैछ । महाधिवेशनमा करीब एक सयभन्दा बढ़ी निर्वाचित प्रतिनिधि सहभागी हुनेछन ।