https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, जेष्ठ १० गते ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ स्थित क्रसर मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्थानीय २० वर्षीय मजदुर अर्जुन यादव छन् । कमला स्टोन क्रसर बुधबार राति करिब १ बजे अर्जुनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए ।
उनका अनुसार मेसिनमै च्यापिएर बारा निजगढका ४५ वर्षीय खेमकुमार मगर घाइते भएका छन् ।

उनको उपचार जनकपुरधाम स्थित समर अस्पतालमा भइरहेको छ । मृतकका आफन्तले घटना शंकास्पद रहेको भन्दै छानबिनको माग गरेको छ । तर, डीएसपी अवाले अहिलेसम्मको अनुसन्धानमा शंकास्पद नदेखिएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार