https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

रामगाेपालपुर, जेष्ठ १३ गते ।
मधेस प्रदेशका सांसद एवंम पुर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले सलहेस मन्दिरकाे शिलान्यास गरेकाे छ । पर्यटन मन्त्रालयकाे बजेटबाट सम्सि गागँपालिका वडा नं ५ पाेखरभिण्डामा सलहेस मन्दिर निर्माणका लागि शिलान्यास गरिएकाे हाे ।

मन्दिर निर्माण कार्यका लागि २० लाख बराबरकाे रकम रहेकाे सांसद सराेज सिंह कुश्वाहाले जनाएकाे छ । मन्दिर निर्माण कार्यमा वडा नं ५ का वडा अध्यक्ष कैलाश यादवकाे व्यक्तिगत स्वार्थको कारण समयमा निर्माणकाे कार्य संचालन हुन न सकेकाे स्थानियहरुले बताएका छन । शिलान्यासका दिनपनि व्यक्तिगत स्वार्थ पूरा नदेखिएकाेले शिलान्यास कार्यमा पटक पटक अबरोध गरेका थिए ।

वडा अध्यक्ष कैलाश यादवकाे कमिसन खाने बानी बसीसकेकाे कारणले जनताकाे हरेक काममा कमिसन खाेजने गरेका र कमिसन खाने उपाय न देखिएपछी काममा अबरोध गर्ने उहाँकाे बानी रहेकाे स्थानियहरुकाे भनाइ रहेका छन ।

महोत्तरी निर्वाचन क्षेत्र ४ को (ख) बाट निर्वाचित मधेस प्रदेशका सांसद एवं पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाको प्रमुख अतिथिमा एक समारोहबीच उक्त मन्दिर निर्माणकाे कार्यकाे लागि शिलान्यास गरेका छन् ।

शिलान्यास कार्यक्रममा विशिष्ट अतिथि वडा नं ५ का वडा अध्यक्ष कैलाश यादव, अतिथि स्थानिय ने क पा एमालेका नेता निसान्त निराला, मनाेज यादव, उमेश यादव, मुकेश पासवान लगायत दर्जनाै नागरिक समाज र युवाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार