पवन प्रसाद शाह
बिरगंज, जेष्ठ २२ गते ।
पर्साकाे बिरगंजमहानगरपालिका २ छपकैयास्थित ईदगाह चोकमा पुर्ननिर्माण गरिएको पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको शालीकको अनावरण आगामी असार १८ गते हुने भएको छ ।
वीरगन्जमा गत सोमबार बसेको जिपी कोइराला फाउण्डेशनको बैठकले गिरिजाप्रसाद कोइरालाको १०१ औं जन्मजन्तिका दिन आगामी असार १८ गते शालीकको अनावरण गर्ने निर्णय गरेको हो ।
बैठकले शालीक अनावरण कार्यक्रममा कांग्रेस सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता शशांक कोइराला र महामन्त्री गगन थापालाई बोलाउने निर्णयपनि गरेको फाउण्डेशनका मनोहर साहले जानकारी दिए ।