https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, जेष्ठ २५ गते ।
बुल मसिन इन्डिया प्रा. लि. को नेपालको आधिकारिक बिक्रेता अटोवेज प्रा.लि. ले आफ्नो पाँचौ शाखा औद्योगिक नगरी बिरगंजमा आज शुभाआरम्भ गरि विस्तार गरेको छ । आजैएक औपचारिक कार्यक्रमबिच अटोवेज प्रा. लि. किनिर्देशक शन्ध्या पौडेल र मधेस प्रदेश सभासद श्याम पटेलले सयुक्त रुपमा उक्त शाखाको उदघाटन गरेका हुन ।

अटोवेज प्रा.लि. नेपालको मुख्य कार्यलय रहेको पोखराबाट विभिन्न व्यवसायमा लगानी गरेको एक अग्रणी औद्योगिक घराना हो । पोखरामा अटोबेज प्रालि, मणिपाल टिचिग अस्पताल, स्विफ्ट ट्राभल, होटेल, हाइड्रोपावर, प्रतिभा कलेज, र बिगत २५ वर्षदेखि अटो व्यवसाय अन्तर्गत टोयोटा र आयसर लगायत गाडीहरू र कोमात्सु मेसिनहरुको बिक्रि बितरण गर्दै आइरहेको छ ।

बिरगंज महानगरपालिका वडा नं १४ बहुवरीमा रहेको शाखाको उदघाटन गर्दै निर्देशक पौडेल गाडिको बिक्रि र बिक्रि पछिका सम्पूर्ण सेवाहरु एकै स्थानबाट उपलब्ध हुने बताइन । साथै आगामी एक वर्ष भित्र नेपालभरी का सबै प्रमुख शहरहरुमा बुल मसिनको बिक्रि वितरण हुने बताइन । हाल पोखरामा मुख्य कार्यलय रहि काठमाडौ कर्पोरेट कार्यलय रहेको अटोवेजको चितवन, बुटवल, इटहरी र दाङमा अहिले देखि नै शाखा विस्तार गरि सेवा दैदै आइरहेको छ ।

बुल इन्डियाबाट उत्पादित ४५ हर्ष पावर देखि १०० हर्ष पावरका ब्याकु लोडर, लोडर, लगाएत विभिन्न निर्माण कार्यमा प्रयोग हुने कन्ट्रक्सन इक्युप्मेन्टहरु शाखाबाट बिक्रि
वितरण हुने बताइएको छ ।

प्रमुख अतिथि रहेका प्रदेश सभासद पटेलले बिरगंजमा यस शाखाको उदधाटनले बिरगंजको गरिमा अझै बढाउनेछ भनी बिश्वास ब्यक्त गर्दै शुभकामना सहित उत्तरोत्तर प्रगतिको कामना समेत व्यक्त गरे ।

त्यस्तै अटोवेज ग्रुपका अध्यक्ष श्री नारायण प्रसाद पौडेलले शुभकामना दिदै आज सम्म ग्राहक महानुभाबले अटोवेज प्रती देखाउनुभयको बिश्वास ले नै आजको दिन यस स्थानमा पुगेको र आगामी दिनमा अझै ग्राहक संग हातेमालो गर्दै अझै सेवारत रहने र मन जित्न अवसरको रुपमा लागिरहने बताउनु भयो ।

बिरगंज शाखा प्रमुख रहेका मनोज कुमार सिंह ले उचित मुल्यमा गुणस्तरीय मसिन बिक्री एबम बिक्री पछीको सेवामा चौबीसै घन्टा तत्पर रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

उदघाटन कार्यक्रममा कांग्रेस पर्सा क्षेत्र नं २ का सभापति मोहम्मद साबुदी, स्वर्गीय गिरिजा प्रसाद कोइराला फाउन्डेसनका मनोहर साह, अटोवेज नारायणघाट शाखा प्रमुख इन्द्र रेग्मी, पोखराबाट प्रमुख म्यानेजर बाबुराम खनाल चिफ फाइनान्स अफिसर कुल बहादुर खत्री क्षेत्री, सर्भिस म्यानेजर आशिष राज गुप्ता लगायत बिरगंजका विभिन्न व्यवसायी, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार