
नरेन्द्र महताे
गाैशाल, जेष्ठ २५ गते ।
नेपालमा पहिलाे पटक डा. मेयर “महिला कार्यक्रम” महाेत्तरीकाे गाैशाला नगरपालिकाले संचालनमा ल्याएकाे छ ।
गाैशाला नगरपालिका अन्तर्गतकाे सामुदायिक विधालय निगाैलमा महिला तथा विधालयका बालिकाहरुसँग शुक्रबार नगर प्रमुख डा. दिपेन्द्र महताेले अन्तरक्रिया कार्यक्रम गरेका हुन् ।
महिलाहरु गर्भवती हुँदा समयमा ध्यान नदिएका कारण अकालमा ज्यान गुमाउनु परेकाेले अबदेखि त्यस्ताे घटना नघटाेस उदेश्यले विधालयका बालिकाहरुसँग अन्तरक्रिया गरेका छन र छिमेकीका अथवा गाउँटाेल, पडाेसमा रहेका गर्ववत्ति महिलाहरु गर्ववत्ति भएकाे दिन देखि नै समय समयमा स्वास्थ्य चाैकी समक्ष गई जाँच गराउनु अनुराेध गर्दै मेयर महताेले घरमा बच्चा नजन्माएर प्राथमिक स्वास्थ केेन्द्रमा गई बच्चा जन्ममाउन विधालयकाे बालिका मार्फत सुझाव दिनु भयाे र बालिकाहरुलाई निर्देशन दिँदै भन्नू भयाे यदि तपाईहरु याे कार्य जिम्मेवारी पुर्वक सफल गर्नु भयाे भने कुनै गर्ववत्ति महिलाहरुकाे बच्चा कुपोषण हुँदैन र ज्यान पनि जाेखिममा पर्न सक्दिदैन उनले भने ।
त्यस्तै आफू गर्ववत्ति भएकाे थाहा पाउने बित्तिकै स्वास्थ केन्द्रमा अनिवार्य रुपमा जाँच गराउनु पर्छ भन्दै बालिकाहरुलाई गर्ववत्ति महिलाहरुलाई सुझाव दिन अस्मिता कुमारी शर्मा भन्नु भयाे । यदि तपाईहरु घरमा घर गई गर्ववत्ति महिलाहरु बाहेक घरका सदस्य, दाजु भाइ, काका काकिहरु चित बुझाएकाे खन्डमा कुनै गर्ववत्ति महिलाले अकालमा ज्यान गुमाउन सक्दिदैन तसर्थ शिक्षित भएर अरुलाई पनि शिक्षित बनाउनु नै सबभन्दा ठुलाे कार्य हुनेछ ।बालिकाहरुलाई शर्माले भनिन् । साे कार्यक्रममा विधालयका १०० भन्दा बढी बालिकाहरुले सहभागिता जनाएका थिईन र बालिकाहरुले पनि आफ्नाे मन लागेकाे जिज्ञासाहरु डा. महताे समक्ष राखेका थिईन ।


