गाैशाला, जेष्ठ २६ गते ।
राष्ट्रिय महाधिवेशनमा जनसहभागिताका लागि महाेत्तरीकाे गाैशालामा विस्तारित बैठक सम्पन्न भएको छ । शनिबार पार्टी कार्यालय गाैशाला बजारमा जसपा नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशनमा जनसहभागिताका लागि नगर स्तरीय विस्तारित बैठक सम्पन्न भएको हाे ।
महाधिवेशनमा जनसहभागिता बढाउन उदेश्यले गाैशाला नगरपालिका वडा नं. ५ स्थित गाैशाला बजारमा रहेको पार्टी कार्यालयमा विस्तारित बैठकलाई सम्बोधन गर्दै जसपा नेपालका क्षेत्रीय अध्यक्ष तथा गाैशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महताेले आत्मसम्मान, पहिचान र समान अधिकार प्राप्तिका लागि जनकपुरधामको तिरहतिया गाछीमा जेष्ठ २८,२९ र ३० गते हुने राष्ट्रिय महाधिवेशनमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो । साथै जसपा नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशनमा सक्रिय सहभागिताका लागि सबैलाई आग्रह गर्नुभयो ।
जसपा नगर समितिका अध्यक्ष श्री कुमरकान्त झाको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्य रमेश कुमार महताे, जिल्ला काेषाध्यक्ष कुशेश्वर सिंह कुशवाहा, नगर तथा वडा स्तरीय नेता तथा अगुवा कार्यकर्ता लगायत जसपा नेपालका वडा समितिका संयोजक तथा प्रतिनिधिहरुकाे उपस्थिति रहेको थियो ।