
गाैशाला, जेष्ठ ३२ गते ।
महाेत्तरीकाे गाैशाला नगरपालिकाले ८०% अनुदानमा उन्नत जातको बाेयर बाेका वितरण गरेको छ । गाैशाला नगरपालिकाका पशु तथा मत्स्य विकास शाखाकाे आयोजनामा नगर भित्रका बाख्रा फारम तथा कृषकहरुलाई बाेयर जातकाे बाेका वितरण गरेका छन् ।
गौशाला नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अनुसार विनियोजन गरेको कार्यक्रमलाई ८०% अनुदानमा उन्नत जातको बाेका तथा बाखा वितरण कार्यक्रमका लागि प्रकाशित सूचनाको आधारमा परेको निवेदनहरु उपर स्थलगत अनुगमन निरिक्षण, मुल्याङ्गकन गरी छनौटमा परेका बाखा फर्म तथा कृषकहरुलाई अनुदानमा बोयर बोका वितरण गरेको नगर प्रमुख डा. दिपेन्द्र महताेले जानकारी दिनुभयो ।

























