Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/rajdhan1/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/rajdhan1/public_html/wp-includes/functions.php on line 6121
Rajdhani Today
https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

असार २ गते ।
सर्लाहीको हरिपुर्वा नगरपालिकामा शनिबार सिकाइ परियोजनाको वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ ।
अष्ट्रेलिया सरकारको आर्थिक सहयोग तथा वल्र्ड भिजन ईन्टरनेसनल नेपाल, ह्याण्डिक्याप ईन्टरनेसनल, विश्व शिक्षा र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र, मलङ्गवा सर्लाहीको साझेदारीमा संचालित समावेशी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजनाले परियोजनाको समीक्षा बैठक सम्पन्न गरेको हो ।

परियोजना अन्तर्गत अति जोखीममा परेका बालबालिकाहरूको शिक्षामा समान पहुँच र सहभागीता तथा आधारभुत तहमा समतामूलक सिकाइ उपलब्धि वृद्धि गर्ने लक्ष्यका साथ हरिपुर्वा नगरपालिकासहित जिल्लाका चार ओटा पालिकामा समावेशी शिक्षा सुदृढीकरण(सिकाई) परियोजना सञ्चालन हुँदै आएको थियो ।

परियोजनाको अवधि सकिन लागेकोले वार्षिक समीक्षा तथा पुनरावोलोकन बैठकको क्रममा नगरपालिकाले परियोजनाको कर्मचारीहरुलाई प्रशंसा पत्र, मायाको चिनो सहित दोसला ओढाई सम्मान गरेको थियो । परियोजनाले हरिपुर्वाको शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै परियोजनाका कर्मचारीहरुालाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।
सिकाई परियोजनाको वार्षिक समिक्षा तथा पाँच बर्षको पुनरावोलोकन गरिएको समीक्षा बैठकको अध्यक्षता हरिपुर्वा नगरपालिकाका मेयर विनोद कुमार साहले गर्नुभएको थियो ।

सो क्रममा सिकाई परियोजनाले जुलाई २०१९ देखि जुन २०२४ सम्म गरेको काम र उपलब्धिहरु संस्थाका बरिष्ठ परियोजना संयोजक आदित्य पटेलले प्रस्तुत गर्नुभयो । उहाँले हरिपुर्वामा परियोजना सञ्चालन हुनु पुर्वको अवस्था र परियोजना समापन हुन लागेको अवधिमा हासिल उपलब्धीलाई प्रस्तुत गर्नुभयो ।

त्यस्तै परियोजनाको सहकार्यमा हरिपुर्वा नगरपालिकामा थुप्रै उपलब्धिहरू प्राप्त भएकोले तिनलाई संस्थागत गर्न केही क्रियाकलापहरूलाई निरन्तरता दिन आग्रह गर्दै नगरपालिकाको आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा बजेटमा समावेश गर्न आग्रह गर्दै संस्थाका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

हरिपुर्वा नगरपालिकाका नगर प्रमुख बिनोद कुमार साहले नगरपालिकाले गर्नुपर्ने काम सिकाई परियोजनाले गरेकोमा आर.आर.पि.के. संस्थालाई धन्यवाद दिनुभयो । उहाँले सिकाई परियोजनामार्फत प्राप्त उपलब्धीलाई निरन्तरता दिईने प्रतिवद्धता व्यक्त गर्नुहुँदै आगामी नीति, बजेट तथा कार्यक्रममा समाबेश गर्ने प्रतिब्धता वचनवद्धता व्यक्त गर्नुभयो ।

समीक्षा वैठकमा प्रशासकिय अधिकृत कुमार परियारले सिकाई परियोजनाले हरिपुर्वामा ठुलो परिवर्तन ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हुन त सिकाई परियोजनाले भौतिक पूर्वाधार निर्माणको काम गरेको छ, तर त्यो भन्दा ठुलो परिवर्तन नबोल्ने मान्छेलाई बोल्न सक्षम बनाएको छ ।’

बिद्यालय ब्यबस्थापन समिति सदस्य अनिता यादबले सिकाई भन्ने वितिकै समुदायले थाहा पाउने एउटा नाम बनेको बताउनुभयो । उहाँले नगर स्तरीय शिक्षा समिति गठन गर्न जरुरी देखिएको पनि बताउनुभयो ।

वैठकमा आरआरपिकेका अध्यक्ष शिवजी प्रसाद साह, हरिपुर्वाका विभिन्न वडाका वडाअध्यक्षहरु, शिक्षा शाखा प्रमुख जनक काफ्ले, बिद्यालयका प्र. अ., कार्यपालिका सदस्य, बाल अधिकार समितिका सदस्य, बि. व्य.स., समुदाय परिवर्तन समुह , सि.भि.ए. समुह का प्रतिनीधितहरु, अपांगता ब्यक्तीका संस्थाका प्रतिनिधि लगाएत रुपान्तरण कक्षा का बालबालिका हरु को उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट