https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, असार २ गते ।
सर्लाहीको हरिवन निवासी डाक्टर चन्दन चौधरीले हरिवनका ५० वढी मानसिक तथा मनोरोगीहरुलाई निःशुल्क उपचार सेवा दिनुभएको छ ।

हरिवन नगरपालिका ११ स्थायी घर भई हाल लालबन्दी ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा ईन्चार्जको रुपमा कार्यरत डाक्टर चौधरीले शनिबार चन्दन मेडिकल हल हरिवनमै एक शिविरको आयोजना गर्नुहुँदै हरिवनका ५० जना बढी मानसिक तथा मनोरोगीहरुको निःशुल्क उपचार गर्नुभएको हो ।

‘हरिवनमा बसेर बर्षौदेखि विरामीहरुको सेवा गर्न पाइएको छ ।’, डा।चौधरीले भन्नुभयो, ‘आफ्नो ठाउँमा केही गरौं भन्ने हुटहुटी सधैं भई नै रहन्छ । तर चाहेर पनि केही गर्न सकिएको छैन । आज उहाँहरु९मानसिक तथा मनोरोगीहरु०को जाँच तथा उपचार गर्न पाउँदा निकै खुशि लागेको छ ।’

उहाँका अनुसार शिविरमा सेवा लिने अधिकांश विरामी डिप्रेसन, एन्जाईटी, माईग्रेसन, साईकोसिस, छारेरोग तथा नशासम्बन्धी रोगबाट पीडित थिए । सबैलाई उचित परामर्शसहित उपचार गरी पठाएको छ ।

त्यसैगरी डाक्टर चौधरीबाट निःशुल्क उपचार सेवा पाएका मानसिक तथा मनोरोगीहरुले पनि खुशि व्यक्त गर्दै डाक्टर चौधरीलाई धन्यवाद दिएका छन् । सभार : भाइरल पोष्ट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट