https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, असार २ गते ।
जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले जनकपुरधाममा सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनले संघीयता बिरोधिहरुमाथी दरिलो झापड प्रहार गरेको बताउनु भएको छ ।

महाधिवेशन बाट निर्बिरोध निर्वाचित अध्यक्ष यादवको सम्मानमा जसपा धनुषाले आयोजन गरेको सम्मान कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष यादवले महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित भिडले जसपालाई कमजोर गरेर संघियतालाई समाप्तपार्ने मनसुबा बोकेकाहरु दरिलो झापड भेटेको प्रतिक्रीया दिनु भयो ।

संघियता पक्षधर मधेशी, आदिवासी, जनजाती, महिला, मुस्लिम लगायतका शक्तीहरु एकजुट रहेको सन्देश जनकपुर महाधिवेशनले दिएको उल्लेख गर्दै अध्यक्ष यादवले मौसमको प्रतिकुलता, सत्ता पक्षको षडयन्त्रका बिच समर्थकहरुको आपार उपस्थितिले जनता संग जसपा र जसपा संग जनता रहेको पुष्टि भै सकेको दाबी समेत गर्नु भयो ।

हिमाल पहाड र मधेशको एक्यवद्धताले जनता समाजवादी पार्टी को बेगलाई अब कसैले रोक्न नसक्ने पुष्टि भै सकेको भए पनि संघियता बिरोधिहरुले भविष्यमा गर्न सक्ने षडयन्त्र लाई पराजित गर्नका लागि सचेत रहन नेता कार्यकर्ताहरुलाई निर्देश समेत दिनु भयो ।

जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रम मा प्रदेश अध्यक्ष बालकिशोर यादव, नेताहरु हरिनारायण यादव, डा. सुरेन्द्र यादव, लाल किशोर साह, स्थानीय आयोजन समितिका संयोजकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार