अजय मिश्रा
कपिलवस्तु, असार ४ गते ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ हनुमान टोलमा रहेको यस क्षेत्रकै हनुमानको ठूलो प्रतिमा भएको हनुमान मन्दिरमा मंगलबार भव्य रुपमा पुजापाठ गरि प्रसाद वितरण गरिएको छ ।
आज कृष्णनगरका स्थानीय युवाहरु निर्जला एकादशी तथा जेष्ठ महिनाको अन्तिम मंगलवारको अवसर पारेर भक्तजन हरूमा प्रसाद वितरण गरिएको छ ।
यस क्षेत्रको आस्थाको केन्द्रका रूपमा रहेको हनुमान मन्दिर प्रति स्थानीय हरूको ठूलो आस्था रहेको तथा मंगलवार हनुमान चालिसाको पाठ संगै मंगलवारका दिन प्रायजसो प्रसाद वितरण गर्दै आएको स्थानीयले बताएका छन् ।
स्थानीय युवा आषिस कौशल, आशिष अग्रवाल, हिमांशु श्रीवास्तव, वृजेश कुमार गुप्ता, बजरंगी गुप्ता, विकाश श्रीवास्तव, विकास चतुर्वेदी, जीवन श्रीवास्तव लगायत स्थानीय युवाहरूको सक्रियतामा प्रसाद वितरण गरिएको जानकारी गराइएको छ ।
स्थानीय युवा, समाजसेवी, भक्तजन लगायत प्रसाद वितरणमा वृहत सहभागिता जनाएका थिए ।

