प्रदीप दास
राैतहट, असार ५ गते ।
रौतहटको कटहरिया नगरपालिकाको नगरसभा दशौं अधिवेशन तथा आठौं बजेट अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । प्रमुख अतिथि नगर प्रमुख अजय प्रकाश जयसवालले दीप प्रज्वलन गरी कार्यक्रमलाई उदघाटन गर्नु भएको थियो । कटहरिया नगरपालिकाले अगामि आर्थिक वर्ष २०८१/०८२ को लागी ४६ करोड ६२ लाख ५४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
नगरपालिका कार्यालय परिषरमा नगर प्रमुख जयसवालकोे अध्यक्षतामा कटहरिया नगरपालिकाको नगरसभाको १० औं अधिवेशन भव्यताका साथ सम्पन्न भएको हो । नगरप्रमुख जयसवालको अध्यक्षतामा सम्पन्न भएको नगरसभामा आर्थिक वर्ष २०८१/०८२ को लागी सामाजिक न्याय सहित पूर्वाधार विकासमा जोड दिदैं आर्थिक विकास निर्माण कार्य, सामाजिक विकास, शिक्षा तथा कृषि विकास लगायत अन्य कार्यको लागी ४६ करोड ६२ लाख ५४ हजार रुपैया आय व्यय सहितको बजेट प्रस्तुत भएको छ ।
नेपाल सरकारको संघीय बजेटबाट समानीकरण अनुदान, शशर्त अनुदान चालु, शशर्त पूँजिगत, राजस्व बाँडफँड, संघीय सरकार समपुरक,वित्तिय समानिकरण (प्रदेश सरकार), विशेष अनुदान (प्रदेश सरकार), आन्तरिक राजस्व गरि जम्मा ४६ करोड ६२ लाख ५४ हजार रुपैयाको बजेट सार्वजनिक गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले यस नगर सभाले अफ्ना निति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य खेलकुद, भौतिकपूर्वधार, कृषी, पशुपक्षी, खानेपानी तथा सरसफाई, उधोग, वाणिज्य तथा वित्तिय लगाएतका क्षेत्रलाई विशेष प्रथमिकता दिएको छ ।
कटहरिया नगरपालिका क्षेत्रभित्र एम्बुलेन्स सेवा निशुल्क गरिने छ । नगरपालिकालाई वातावरणमैत्री बनाउनका लागि धुँवारहित घोषणा गर्ने, नगर क्षेत्रको विकास तथा स्थानीयस्तरमा रोजगारी सृजनाका लागि लघु, घरेलु तथा साना उद्योग, कृषि र पशुपालनमा जोड दिनेलगायत क्षेतत्रगत नीतिमा उल्लेख गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बताए ।
कृषि व्यवसायीलाई प्रोत्साहन गर्न कृषि विद्युत मिटर जडान गरी सिचाई गर्दा उठेको विद्युत महसुलको सतप्रतिशत अनुदान कटहरिया नगरपालिकाले दिईने छ । रौतहटमा रहेको १८ वटा स्थानीय तहमध्ये कटहरिया नगरपालिकाले पहिलो चरणमा बुधबार ४६ करोड ६२ लाख ५४ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका छन । कार्यक्रममा वडा अध्यक्षहरु, वडा सदस्यहरू, कार्यपालिका सदस्यहरु एवं विभिन्न शाखा प्रमुखहरु, कर्मचारीहरु, स्थानीय भद्रभलादमी, बुद्धिजीवीहरु लगायत विभिन्न मिडियाका सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

