राहुल गुप्ता
बिरगंज, असार ७ गते ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगंज द्वारा एक दिने योग शिविर आयोजना गरेको छ। बिरगंज स्थित पुरानो बस पार्कमा सो कार्यक्रमको आयोजना गरिएको छ ।
सो कार्यक्रममा भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्य दूत देवी सहाय मिनाले अन्तर्राष्ट्रिय योग दिवसको स्थापना गर्ने प्रस्ताव भारतले गरेको र नेपालसहित एक सय ७७ सदस्य राष्ट्रले अनुमोदन गरेपछि योगको महत्त्व र सान्दर्भिकता अझै बढ्दै गएकाले यसलाई अझै व्यापकता दिन तथा योगलेनैं निरोग राख्ने र स्वस्थ्य राख्ने भएकाले महावाणिज्य दूतावासले वीरगन्जमा मात्रै सीमित गरेको योग शिविरलाई व्यापकता दिन तथा यसको महत्त्व दर्साउन मुलुकको विभिन्न छ ठाउँमा समेत योग शिविरको स्थापना गरिएको जानकारी दिनुभयो । त्यस्तै उनले योग ‘शब्द संस्कृतबाट आएको यसको अर्थ जोडनु वा एकीकरण गर्नु रहेको बताए। योग पुर्ण रूपमा अध्यात्मिक र अनुशासित बनाउछ।योगले दिमाग र शरीरलाई पुर्ण रूपमा शान्त र स्वास्थ्य राख्ने अभ्यास रहेको मिनाले बताए । दुतवासले ९ संस्करण सफलतापूर्वक आयोजना गरेको जानकारी गराए ।
आजको कार्यक्रमका प्रमुख अतिथी रहेका मधेस प्रदेशका खेलकुद मन्त्री प्रमोद जैसवालले योगको सम्बन्ध नेपाल र भारतमा सदियो देखि चलिआएको छ। योगको सुरुवात नै भारत र नेपाल को जमिन बाट भएको हो। मानव स्वास्थ्यमा योगको ठूलो महत्व छ । योगविना यो जीवन अधुरो छ । मानिस मात्र यस्तो प्राणी हो जसले योगको महत्व जान्दा-जान्दै पनि योग गरेको हुँदैन । योग त्यो प्रक्रिया हो जसद्वारा हाम्रो शरीर, मन र आत्मालाई सकरात्मक तरिकाले एकसाथ समावेश गर्दछ, अध्यात्मको प्राप्तिका लागि एक दोस्रोसँग जोड्दछ ।
आज भएको सो कार्यक्रममा विशिष्ट अतिथी बिरगंज महानगरका मेयर राजेशमान सिंह, अतिथी गणेश लाठ, डा.सुबोध गुप्ता लगायतका स्थानीयवासी, समाजसेवीहरु को सहभागीता रहेको भने योग शिविरमा विभिन्न ख्याति प्राप्त योग गुरु तथा लब्यप्रतिष्ठित व्यक्ति र विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको र शिविर पूर्ण रूपले खुल्ला र निःशुल्क गरिएको थियो ।
कार्यक्रम सहजीकरण बिरगंज महावाणिज्यका शशीभुषण कुमारले गरेका थिए ।

