गाैशाला, असार ७ गते ।
महाेत्तरीकाे रामगोपालपुर नगरपालिकाकाे ११ औं नगरसभा सम्पन्न भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा ४४ करोडभन्दा बढि बजेट ल्याएको हाे ।
शुक्रबार एक समरोहकाबीच रामगोपालपुरका नगर प्रमुख राम दुलार साहले ४४ करोड ८७ लाख २४ हजार बराबरको बजेट सार्वजानिक गरेका छन् । मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्रि सरोज कुमार यादवको प्रमुख अतिथिमा सो बजेट प्रस्तुत गरेका हुन् ।
बजेट प्रस्तुत गर्ने क्रममा मेयर साहले नगरभरिका कृषि खेतीलाई प्रर्वद्धन गर्ने किसिमको कृषि योजना रहेको सुनाएका थिए । सोही अनुरुप किसानका लागी कोल्ड स्टोर, स्वास्थ्य, शिक्षालाई निरन्तरता दिई यस बाट नगरबासिहरुले प्रत्यक्ष फाईदा लिने गरी उद्देश्यले यसवर्षको बजेट विनियोजन गरिएको मेयर साहले घोषणा गरिएको बजेट तथा निति कार्यक्रममा उल्लेख रहेका छन् ।
सो कार्यक्रममा पूर्व राज्यमन्त्री सरोज सिंह कुशवाहा, संविधान सभा सदस्य लालेन्द्र कुमार मंडल, प्रमुख प्रशासकिय अधिकृत अच्छेलाल दास, सम्पूर्ण वडाका वडा अध्यक्ष तथा सदस्यहरु, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, पत्रकार, बुद्धिजिवी, समाजसेवी लगायत सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियो ।





