https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

ढल्केबर, असार ७ गते ।
धनुषाको ढलकेबरमा १० औं अन्तर्राष्ट्रिय याेग दिवसकाे अवसरमा पालिका स्तरीय याेग कार्यक्रम सम्पन्न गरेको छ । मिथिला नगरपालिका अन्तर्ग ढल्केबरमा १० औं अन्तर्राष्ट्रिय याेग दिवसकाे अवसरमा पालिका स्तरीय याेग कार्यक्रम सम्पन्न गरेको हाे ।

अन्तर्राष्ट्रीय योग दिवसको अवसरमा मिथिला नगरपालिकामा रहेका PEACE OF MIND योग साधना केन्द्रले आफु र आफ्नो समाजका लागि योग मूल नाराका साथ ढल्केबरकाे पार्कमा बिधिवत योगाभ्यासको कार्यक्रम आयोजना गरि अन्तर्राष्ट्रीय योग दिवस मनाएको छ ।

PEACE OF MIND योग साधना केन्द्र, मिथिला नगरपालिका, धनुषा, मधेस प्रदेश, नेपालका अध्यक्ष एवं योग प्रशिक्षक : राम सेवक यादवकाे अध्यक्षता तथा नगरपालिका नगर उप-प्रमुखः श्री सुनिता सिंह बुढाथोकीकाे प्रमुख अतिथिमा संचालित कर्यक्रममा सिन्धुली आयुर्वेद स्वास्थ्य केंद्रका बरिष्ठ कबिराज योग प्रशिक्षक राम सेवक यादवले बिधिवत योग अभ्यास गराएका थिए ।

कार्यक्रममा PEACE OF MIND योग साधना केन्द्रका अध्यक्ष एवं योग प्रशिक्षक : कबिराज राम सेवक यादवले सहभागीहरूलाई स्वागत गर्दै आज पुरा विश्वले योग अंगाली सकेको र विश्वभरी एउटै नारा आफु र आफ्नो समाजका लागि योग साथ कर्यक्रम मनाउनको औचित्य बारे प्रष्ट पार्दै अब हामी पनि आफ्नो समाज घर परिवार र आफु आफै दीर्घ कालीन रोगबाट सुरक्षित हुन योगमय हुन जरूरी रहेको बताउनु भयो ।

उप-प्रमुखः श्री सुनिता सिंह बुढाथोकीले पानसमा बत्ती बाली समुद्घाटन गरेका थिए । साे अवसरमा आफ्नो जीवनमा योगको अपरिहार्यता र आफ्नो समाजको स्वस्थताका लागि योग अति आवश्यक रहेको कुरामा जोड़ दिनुभयो ।

कार्यक्रमकाे अतिथिमा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष : श्री नन्द किशोर यादव, वडा नं. ७ का अध्यक्ष श्री राम बहादुर स्यांगयन, वडा नं. ८ अध्यक्ष श्री बिरेन्द्र महतो, वडा नं. ९ का अध्यक्ष श्री दिपकजंग थापा, वडा नं. १० का अध्यक्ष : श्री सवित बिक्रम थापा, श्री नेपाल प्रहरी बिशेष सुरक्षा गण मधेश प्रदेश कार्यालय ढल्केबरका प्रमुख प्रहरी उपरीक्षकः श्री नरेन्द्र कुमार कार्की, ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रतिनिधि, ट्राफिक प्रहरी कार्यालय ढल्केबरका प्रतिनिधि, श्री महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री चन्देश्वर महतो, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल मधेश प्रदेशका अध्यक्ष श्री सोम प्रसाद शर्मा, ढल्केबर स्वास्थ्य चौकीका प्रतिनिधि, नमुना साकोस एवं खानेपानी तथा सरसफाइ उपभोक्ता समिति मिथिला नं. ६ का अध्यक्ष नारायण वासताेला, मिथिला लायन्स क्लब ढल्केबरका अध्यक्ष श्री शिव प्रसाद तिमिल्सिना, होटल कोमल प्रा.लि. का संचालक श्री तेजनारायण साह, श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लि. मिथिला न.पा.-८ जमुनिवासका अध्यक्ष श्री हरेराम श्रेष्ठ लगायत बुद्धिजीवी, समाजसेवी, वडा योग समितका पदाधिकारी सदस्य, योगप्रेमी, मिथिला व्याडमिन्टन क्लबका अध्यक्ष श्री संताेष कुमार महतो लगायत सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट