गाैशाला, असार १० गते ।
महाेत्तरीकाे गाैशाला नगरपालिकाले १२ औं नगरसभाबाट
९३ करोड भन्दा बढी बजेट ल्याएको छ । साेमबार नगरपालिकाले एक कार्यक्रमकाे आयोजना गरि १२ औं नगरसभाबाट ९३ करोड १५ लाख ५७ हजार ५ सय रुपैयाँ बराबरकाे बजेट ल्याएको हाे ।
नगरपालिका नगर प्रमुख डा. दिपेन्द्र महताेले निति तथा बजेट कार्यक्रम प्रस्तुत गर्दै अबको बजेट कृषि, स्वास्थ्य तथा शिक्षालाई प्राथमिकता राखेर नै बजेट विनियोजन गरेको उहाँले बताए ।
आर्थिक वर्ष २०८१/०८२ को अनुमानित बजेट :-
संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १६ करोड ५ लाख, संघीय राजस्व बाइँफाउँ तर्फ १५ करोड ३० लाख, संघीय सर्शत तर्फ २९ करोड ३० लाख ८९ हजार, संघीय बिशेष र समपूरक अनुदान १ करोड ८० लाख, प्रदेश सरकारको अनुदान तर्फ वित्तीय समानिकरण अनुदान १ करोड १९ लाख ५१ हजार, बिशेष र समपूरक अनुदान ५० लाख, राजस्व बाँडफाँडतर्फ ३ करोड ५५ लाख, प्रदेश सशर्ततर्फ ९५, आन्तरिक आय तर्फ ५ करोड ५० लाख १७ हजार ५ सय, अल्या रकम १५ करोड, आन्तरिक राजस्व बाँडफाँडतर्फ ४ करोड गरी कुल रकम रु. ९३ करोड १५ लाख ५७ हजार ५ सय रुपैयाँ बराबरकाे बजेट प्रस्तुत प्रमुख डा. महताेले प्रस्तुत गरेका थिए ।

