गाैशाला, असार १० गते ।
मधेश प्रदेश का पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सराेज सिंह कुशवाहाले २ लाख रुपैयाँ बराबरकाे क्रिकेट समाग्रि वितरण गरेकाे छ । महाेतरी क्षेत्र नम्बर ४ ख का सांसद एवम पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत रहेका सराेज सिंह कुशवाहाले मनरा शिसवा नगरपालिका वडा नं. ६ सरपल्लाे र वडा नं. २ इटहर्वा कट्टीमा खेलकुदका सामाग्रीहरु वितरण गरेका छन ।
दुबै वडाहरुमा मनरा शिसवा मेयर कपकाे उदघाटन कार्यक्रममा सांसद कुशवाहासंग त्यस वडाका क्रिकेट खेल्ने युवाहरु खेलका समानहरु उपल्बध गराइदिन अनुराेध गर्दा सांसद कुशवाहाले २४ घण्टा नबितिदै साे समानहरु उपल्बध गराइएका छन । युवाहरुप्रति सांसद कुशवाहाले देखाएकाे तत्पर्ता र सहयाेगले स्थानिय युवाहरु अन्नय जनताहरु खुशि भएका छन । नेताहरुले भाषण र अस्वासन बाहेक केही दिन सकेकाे छैन । तर सांसद कुश्वाहाले भन्ने जति काम गर्न सफल भएकाे कार्यक्रममा उपस्थित जनताहरुले बताइरहेका थिए ।

यहिलेसम्म क्षेत्र नम्बर ४ ख मा पर्ने मनरा सिसवा नगरपालिका वडा नम्बर ३,६ र ७ रामगाेपालपुर नगरपालिका वडा नम्बर ५ र ६ र सम्सि गाउँपालिका वडा नम्बर ४ र ५ का युवा खेलाडीहरुलाइ लक्षित गरि १/१ लाख बराबरकाे क्रिकेट समानहरु वितरण गरिएकाे छ । महाेतरी क्षेत्र नम्बर ४ ख मा पर्ने जम्मा १९ वटा वडामा रु १/१लाखकाे पैकेजमा प्रत्येक वडाका युवा खेलाडीहरुलाइ किक्रेट समान वितरण गर्ने लक्षय रहेकाे र साेहि अनुसार यहिलेसम्म यस वडामा वितरण गरिसकेकाे सांसद कुश्वाहाले जनाएका छन ।
बाँकी वडाहरुमा समेत वितरण कार्य जारि रहने छन । युवाहरुलाई प्राेत्साहन र खेल प्रतिकाे उत्साह बढाउन खेलमा थप हाैसला र सहयाेग गर्नेकाम सांसद सराेज सिंह कुशवाहाले गरेकाे कार्यक्रममा उपस्थित युवा खेलाडीहरुले बताएका छन ।युवाहरुप्रतिकाे सहयाेग देखेर सांसद सराेज सिंह कुशवाहाप्रति अक्रसित भएका छन । युवाहरुलाइ नेताहरुले प्रयाेग मात्रै गरेकाे देखे तर नेता स्वयम् प्रत्येक वडामा युवाहरुलाइ भेटेर क्रिकेट समाग्रि दिनु भन्नेकाे युवा पिढीका खेलाडीहरुलाई सहयाेग गर्नु नै हाे ।
कार्यक्रममा सांसद कुशवाहाले भन्ने अगामि दिनहरुमा राम्राे खेलाडीहरुलाइ राष्ट्रिय र अन्तरास्ट्रिय स्तरकाे खेल खेल्नमा सहयाेग समेत गरिने बताएका छन ।


