मधेश प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले प्रदेशका योजनामा यसपटकदेखि टुक्रे योजनाको अन्त्य भई मझौला योजनाहरु लागु भएको जनाएको छ ।
गौशाला नगरपालिकाको वजेट योजना तथा तुर्जमा कार्यक्रमलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै अर्थमन्त्री साहले विगत सात बर्षको वजेट नितीलाई आफु अर्थमन्त्री भएपछि अन्त्य गरिएको जनाएको छ । उनले भने, अन्य वर्षको तुलनामा यसपटकको वजेटमा फरकपन रहेको छ ।

समयको चापमा बनाएको वजेटमा केही त्रुटि भएतापनि यसमा पक्कै पनि नयाँपन रहेको छ । जुन प्रदेश सरकारका लागि विल्कुलै नयाँपन रहेको छ । एकल वहुमतको सरकार नभएकै कारण चाहेर पनि ५० लाखभन्दा कमको वजेट ल्याउनुपर्ने बाध्यता रहेको जनाएको छ ।

