काठमाण्डौं, असार १४ गते ।
निर्वाचन समितिले आफैले सार्वजनिक गरेको कार्यतालिका अनुसार काम नगरेको भन्दै प्रेस मञ्च नेपालले आज नेपाल पत्रकार महासंघको कार्यालय घेराउ गरेको छ ।
महासचिव अवधेश झाको अगुवाईमा पुगेका मञ्च आवद्ध पत्रकारहरुले कार्यालयमा नारावाजी गर्दै निर्वाचन समितिका सदस्यहरुको राजिनामा मागेका छन् ।
कार्यतालिका अनुसार आज अन्तिम मतदाता नामावली प्रकाशन गर्नुपर्ने थियो। तर, हालसम्म नामावली प्रकाशन नभएको महासचिव झाले बताए ।